रोनाल्डो किन झोक्किए ?

२०७७ चैत १५ आइतबार १२:३८:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोचुगल विश्वकप छनोटमा सर्वियासँग २–२ गोलको बराबरीमा रोकिएको छ । सर्वियाको मैदानमा दुइ शून्यको अग्रता लिएर पनि पोर्चुगलले जोगाउन सकेन । 

लिरभपुलका डिएगो जोटाले हेडर मार्फत ११  औं मिनेटमा  सर्विया विरुद्ध एक शून्यको दूरी बनाएका थिए । उनैले ३६ औं मिनेटमा ब्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि समुह ए मा रहेको पोर्चुगलले जीत हात पार्ने अपेक्षा गरिएको थियो । तर सर्वियाले खेलमा शानदार पुनरागमन गर्यो । ४६ औं मिनेटमा अलेक्जान्द्रो मित्रोभिचको गोल मार्फत सर्विया खेलमा फर्किएको थियो । ६० औं मिनेटमा फिलिप कोस्टिचले खेल बराबरी गरेपछि पोर्चुगत अंक बाँड्न बाध्य भयो । 

खेलको अन्त्यतिर रोनाल्डोले गोल गरेका थिए । तर रेफ्रिले मान्यता दिएनन् । रोनाल्डोको गोल लाइन भित्रबाट क्लियर भएको थियो । तर विश्वकप छनोटमा गोल लाइन टेक्नोलोजी प्रयोगमा छैन । आफ्नो गोलले मान्यता नपाएपछि रोनाल्डो रिसाएका थिए । उनले आफ्नो कप्तानीको आम्र्ड ब्यान्ड समेत फालेका थिए ।

सामाजिक संजाल मार्फत पनि रोनाल्डोले रेफ्रिको निर्णय प्रति असन्तुष्टि जनाएका थिए । इञ्जुरी समयमा सर्विया दश खेलाडीमा सेमटिएको थियो । बेल्जियम पनि चेक रिपब्लिकसँग एक एक गोलको बराबरी खेल्यो ।  

ताजा खबर