पहिलो महिला रेफ्रीले सञ्चालन गरेको खेलमा नेदरल्याण्डस् बिजयी

२०७७ चैत १५ आइतबार १२:३१:०० मा प्रकाशित

काठमाडौं । नेदरल्याण्डस्ले विश्वकप छनोट खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । अघिल्लो खेलमा टर्कीसँग स्तब्ध भएको डच टोलीले गएराती लात्भियालाई दुइ शून्य गोलले पराजित गर्यो ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डस्ले ३२ औं  मिनेटमा अग्रता लिएको थियो । उसका लागि स्टेभेन बर्गीयुसले गोल गरे । ६९ आँै मिनेटमा लुक डि योङले गोल गरेपछि नेदरल्याण्डस्ले दुइ शून्यको गोल हात पार्यो । पहिलो खेलमा टर्की संग चार दुइ गोलले पराजित भएको पछि दवावमा आएको नेदरल्याण्डस्लाई यो जीतले राहत दिएको छ । सुरु देखि नै आक्रामक रुपमा प्रस्तुत भएको नेदरल्याण्डस्ले खेल अवधिभर ३७ उत्कृष्ट अवसर सिर्जना गरेको थियो । लात्भियाले मात्र एक पटक पोस्ट चार्ज गरेको थियो ।

खेल महिला रेफ्रि स्टेफानी फ्रापर्टले संचालन गरेकी थिइन । विश्वकप छनोटका खेल संचालन गर्ने उनी पहिलो महिला रेफ्रि हुन् । यसअघि उनले युरोपिन प्रतियोगिता संचालन गरेकी थिइन् । नेदरल्याण्डस् र लात्भिया बीचको खेलमा ५ हजार समर्थकलाई मैदान प्रवेश अनुमति दिएको थियो । एम्सटाडर्मस्थित क्रफ एरिना स्टेडियमको क्षमता ५५ हजार भएपनि पाँच हजार घरेलु दर्शकले मात्र प्रत्यक्ष खेल हेर्न अनुमति पाएका हुन् । उनीहरु सवैले कोभिड १९ सम्बन्धि स्वास्थ्य सावधानी पूर्ण रुपमा पालना गरेका थिए । 

 

ताजा खबर