गणेशमान सिंह ज्येष्ठ नागरिक भवन निर्माण चाँडै सम्पन्न हुने

२०७७ चैत १४ शनिबार १०:०८:०० मा प्रकाशित

 काठमाडौं । काठमाडौंको धोबीखोला करिडोर छेउमा निर्माणाधीन गणेशमान सिंह ज्येष्ठ नागरिक आवास भवन निर्माणको बाँकी काम चाँडै अघि बढ्ने तयारी भएको बुझिएको छ । यस क्षेत्रका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले आफूले पाउने बिकास कोषको बजेटबाट एक करोड यो भवन निर्माण सम्पन्न गर्न उपलव्ध गराउने निर्णय गरेपछि निर्माण कार्य अघि बढ्ने भएको हो ।

सो रकम उपभोक्ता समितिको सट्टा बोलकबोल ठेक्का मार्फत गराउँदा ५६ लाख रुपैंयाँमै बाँकी रहेको अढाई तला निर्माण सम्पन्न हुने भएको थाहा भएको छ । यसअघि भवनको निर्माण कार्यको थालनीमा यसै क्षेत्रका संघीय सांसद् प्रकाशमान सिंहले बिकास कोषको रकमबाट ७२ लाख रुपैंयाँ उपलव्ध गराएका थिए । जसबाट उपभोक्ता समिति मार्फत ग्राउण्ड लेभलको भूमिगत पार्किंग सहित आधा भाग मात्र काम सम्पन्न भएको थियो । भवनको संरचना निर्माणमा उपभोक्ता समिति संलग्न भएकामा स्थानीयबीच निकै टिकाटिप्पणी समेत भएको बुझिएको छ ।

अहिले सो ज्येष्ठ नागरिक आवास भवन निर्माण गर्न सांसद प्रकाशमान सिंहले उपलव्ध गराएको ७२ लाख रुपैंयाँ बाहेक काठमाडौं महानगरपालिकाले १ करोड ३२ लाख रकम थपेपछि ठेक्का मार्फत दुइ तला निर्माण भएको छ । अब बाँकी रहेको अढाई तला भवन निर्माणका लागि प्रदेश सांसद दीपेन्द्र्र श्रेष्ठले उपलव्ध गराउने रकमबाट अघि बढ्ने निर्माण कार्यमा संलग्न स्रोतले बताएको छ ।

भवनको अन्तिम तला थप्ने निर्माण कार्यलाई लिएर स्थानीय प्राविधिक र विज्ञहरु सबै बिकास निर्माण देखि हरेक खरिदमा प्रधानमन्त्री देखि लिएर तलैसम्मका सबै निकाय कमिशन बेगर काम नगर्ने प्रवृति रहेको देखेर अनौठो लागेको सुनाउँछन् । यस्तो अवस्थामा सांसद दीपेन्द्र्रले ठेक्का मार्फत काम गराउन सुझाव दिँदा एक करोड मध्ये ५६ लाखमा ठेक्का लागी बाँकी ४४ लाख रकम राजश्वमै फिर्ता हुन पुगेको ती प्राविधिकहरुले बताए ।  

ज्येष्ट नागरिक आवास भवन निर्माणका सम्बन्धमा प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ भन्छन्हो-  पक्कै पनि हो, मेरै दवावबाट उपभोक्ता समितिको सट्टा बोलकबोल ठेक्का मार्फत गराएको हुँ । जसअनुसार ४४ लाख रुपैंयाँ राजश्व बचत हुन पुगेको छ । तर मलाई उपभोक्ता समिति मार्फत निर्माण गराउन दवाव भने नआएको होईन । मैले जताततै कमिशनको खेल भैरहेको देखेर ठेक्का लगाउन दवाव र सुझाव दिएको हुँ । किनकी म मार्फत प्राप्त भै खर्च हुने प्राय सबै निर्माणका काममा बोलकबोलबाट नै निर्माण गराउन लागि परेको छु ।'

सांसद श्रेष्ठले उपभोक्ता समिति मार्फत निर्माण गराएर कमिशन लिने सोच र लोभ नभएपछि ठेक्काबाट काम गराउँदा अनेक समस्याबाट पनि बचिने र राजश्व समेत बचत हुने अनुभव सुनाए ।

ताजा खबर