थ्रि नेशन्स कप: आज साँझ नेपाल र बंगलादेशवीच प्रतिष्पर्धा हुँदै

२०७७ चैत १४ शनिबार ०९:२७:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । बंगलादेश विरुद्ध जीत हात पार्नु पर्ने दवावमा छ  नेपाल । 

आफ्नो पहिलो खेलमा नेपाल किर्तिस्तानको २३ वर्ष मुनिको टोलीसँग गोल रहित बराबरीमा रोकिएको थियो । दर्जन भन्दा बढी अवसर पाएपनि नेपालले किर्गिस्तान विरुद्ध गोल गर्न सकेन । २९ मिनेट सम्मद श खेलाडीमा समेटिएको किर्गिस्तानलाई पराजित गर्न नसकेपछि प्रशिक्षक वालगोपाल महर्जन ओलोचीत भएका थिए । त्यसैले नेपाल आज जीत हात पार्ने लक्ष्यमा छ ।

बराबरीको नतिजाले पनि नेपाल फाइनल पग्ने छ । आजको खेलले फिफाबाट मान्यता पाएको हुँदा यसको नतिजाले वरियतामा पनि असर गर्नेछ ।  प्रशिक्षक महर्जनले अघिल्लो खेलमा गरेको गल्ति सच्याउँदै मैदान उत्रने बताएका छन् ।  नेपाल पहिलो खेलमा फनिसिङमा कमजोर देखिएको थियो । बंगलादेशले भने किर्गिस्तानलाई एक शून्य गोलले हराएको थियो । सो खेलमा उसले आत्मघाती गोल उपहार पाएको थियो । जस्त सहित बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ ।

त्यसैले आजको खेलमा नेपाल बढी दवावमा हुनेछ । नेपाल र बंगलादेश बीच करिब चार महिना अघि भेट भएको थियो । बंगलादेशमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपाल पहिलोमा दुइ शून्यले पराजित भएको थियो । दोस्रो खेल गोल रहित बराबरीमा सकिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । 

ताजा खबर