यसरी चमत्कार गर्छ मानव मष्तिष्क

२०७७ चैत १३ शुक्रबार १६:४०:०० मा प्रकाशित

मानिसको मानसिक अवस्था विभिन्न प्रकारले जाचिने गरिएको छ । मानव अंगहरुको संचालनको प्रकृयाद्वारा पनि मष्तिस्कको भागहरुको प्रणालीको अध्ययन हुने तर्क गरिएको छ ।

केही रोचक कुरा गर्नु पर्दा चिकित्सकले १८ औं र १९ औं शताब्दी ताका मानव मष्तिस्कको आकार कस्तो हुन्छ भन्ने धारणा राखेका थिए । गहन अध्ययन पछि मानव मष्तिस्कको आकार पहिल्याउने विज्ञानलाई फेरेनोलोजी नामाकरण गरियो ।

भनिएको छ, मानिसको मनोविज्ञान र आनीवानी सवै मष्तिस्कको आकारद्वारा निर्धारित हुन्छ ।

फ्रान्ज जोसेप गाल प्रथम वैज्ञानिक थिए जसले मष्तिस्कको हेराईको बारेमा स्वअध्ययन गरे ।

अध्ययनको क्षेत्र -

१८ औं शताब्दीमा बेलायती वैज्ञानिक टिआइएम फोस्टरले फेरेनोलोजीको नामाकरण गरेका थिए ।

मानव शीर र मष्तिस्कको कोषहरुको अध्ययन, मानसिक र भावनात्मक सम्वन्ध फेरेनोलोजी अध्ययनको तर्क हो ।

मष्तिस्कको अध्ययन गर्दा  थुप्रै  तथ्यहिन आधारहरु भेटिएका हुँदा वास्तवमा फेरेनोलोजी आँफैमा अपुष्ट भएको हो ।

मानव मष्तिस्क शरिरको एक अंग हो । यो एउटै भएपनि मानव मष्तिस्कको शक्ति प्रबल हुने हुँदा सबै अंगको विचमा सामञ्जस्यता अवस्य हुने तर्क विश्लेषण गरिन्छ ।

मानव मष्तिस्कको कामहरु


१. मष्तिस्कको विकास कुनै एकै समयमा नभइ जीवनको विभिन्न चरणमा हुने  गर्दछ ।

२. चित्रकला, धार्मिक आख्यान, कविताले मानिसलाई ध्यानी एवं तेजीलो बन्न सहयोग गर्छ ।

३. सपनामा आउने दृष्यले विभिन्न अंगको कार्यात्मक प्रणाली नियन्त्रण गर्दछ ।

४.मानिसको मनोवैज्ञानिक असरले व्यहोरा र मानिसले गर्ने काममा फरक पार्दछ ।

५. मानिसको दिमागमा आउने सानो मात्र चोटले मानसिक रोगी बनाउँदछ ।

१८३० मा फेरेनालोजी पश्चिमी देशहरुमा रोचक विषयको रुपमा अध्ययन गरिन्थ्यो भने हाल आएर विज्ञानमा यसले नयाँ आशा जगाएको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर