वैशाखमा टि ट्वान्टी सिरिज काठमाडौंमा

२०७७ चैत १३ शुक्रबार १६:३३:०० मा प्रकाशित

काठमाडौं । नेपालले आगामी बैशाखमा घरेलु मैदानमा टि ट्वान्टी अन्तर्राष्टिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ति जारी गर्दै सिरिजबारे जानकारी दिएको हो ।

बैशाख चार देखि ११ सम्म हुने त्रिकोणात्मक सिरिजमा नेपाल सहित मलेसिया र नेदल्यान्डस सहभागी हुनेछन् । नेपालले गत १४ महिला पछि टि ट्वान्टी सिरिज खेल्दैछ । पछिल्लो पटक गत वर्षको फागुनमा एसीसी इस्र्टन रिजन एशिया कप छनोट खेलेको थियो । घरेलु मैदानमा १५ महिना पछि खेल्दैछ ।

गत वर्ष माघमा विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको थियो । एकदिवसीय सो खेलमा नेपाल, अमेरिका र ओमान सहभागी थिए । कीर्तिपुरस्थित टियु मैदानमा हुने टि ट्वान्टी खेल डवल राउण्ड रोविनको हुनेछन् । अर्थात प्रत्येक टिमले चार चार खेल खेल्नेछन् । शीर्ष दुइ टिम बीच फाइनल हुनेछ । 

कोरोना भाइरसका कारण यसअघि नेपालको कतार र ओमान टुर रद्ध भएको थियो । डेभ वाटमोरको टि ट्वान्टी सिरिज नेपालको प्रशिक्षकको रुपमा पहिलो प्रतियोगिता हुनेछ । खेलमा दर्शक प्रवेश गराउने नगराउने बारे भने केही बताइएको छैन ।

ताजा खबर