फ्रान्सलाई आत्मघाती गोल महंगो सावित

२०७७ चैत १२ बिहीबार ११:०९:०० मा प्रकाशित

काठमाडौं । साविक विजेता फ्रान्सले कतार विश्वकप छनोटको आफ्नो पहिलो खेलमा युक्रेनसँग अप्रत्यासित नतिजा निकालेको छ । फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

गएराती घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि आत्मघाती गोल महंगो सावित भयो । उत्कृष्ट सुरुवात गरेको फ्रान्सले एक शून्यको अग्रता जोगाउन सकेन । १९ औं मिनेटमा एन्टोइन ग्रिजमनले १८ यार्डबाट दायाँ खुट्टाले सुन्दर गोल गरेका थिए । राष्ट्रिय टिमबाट ग्रिजमनको यो ३४ औं गोल हो । पहिलो हाफमा अघि रहेको फ्रान्सले थप गोल गर्न सकेन । उल्टै युक्रेनलाई आत्मघाती गोल उपहार लियो । ५७ औं मिनेटमा फ्रान्सका पेसनेल किम्पेम्बेले आफ्नै पोस्टमा गोल गरेपछि युक्रेन खेल एक एकको बराबरी गर्न सफल भएको थियो ।

 चेल्सि स्ट्राइकर ओलिभर जिरुडले गोलको दुइ राम्रा अवसरको सदुपयोग गर्न सकेनन् । किंस्ले कोमनको प्रयास पनि सफल भएन् । सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका पल पोग्बा र एन्थोनी मार्शियलले पनि फ्रान्सको नतिजा उल्ट्याउन सकेनन् । यसअघि गत अक्टोबरमा भएको खेलमा फ्रान्सले युक्रेनलाई सात एक गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

ताजा खबर