सन्दीप लामिछाने इङल्यान्डको घरेलु लिग टि ट्वान्टी ब्लास्टमा खेल्ने

२०७७ चैत १२ बिहीबार ११:०४:०० मा प्रकाशित

काठमाडौं । स्पिनर सन्दीप लामिछाने अर्को फ्रेन्चाइज क्रिकेट लिगमा आवद्ध भएक छन् । नेपाली युवा स्टार सन्दीपले इङल्यान्डको घरेलु लिग टि ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।

सन्दीपले वरस्टर सायर ¥यापिड क्लब बाट टि ट्वान्टी ब्लास्ट खेल्नेछन् । क्लबको आधिकारिक वेभसाइडमा सन्दीपको अनुबन्धन बारे जानकारी गराइएको छ । २० वर्षिय सन्दीपले यो लिग पहिलो पटक खेल्न लागेका हुन् । क्लबका प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको आगमनले टिममा सन्तुलन कायम हुने प्रतिृकया दिएका छन् ।

उनले सन्दीपलाई रहस्यमय स्पिनरको रुपमा ब्याख्या गरे । सन्दीपसँगको सम्झौताले खुशी भएको क्लबले जनाएको छ । विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलिरहेका सन्दीपका लागि टि ट्वान्टी ब्लास्ट नयाँ प्रतियोगिता हो । उनी इङल्यान्डमानै एक सय वलको प्रतियोगिता द हन्ड्रेडमा पनि अनुबन्ध छन । सन्दीपले इनिडयन प्रिमियर लिग, अस्ट्रेलियन बिग बास, क्यारेपियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग , अफगानिस्तान प्रिमियर लिग बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् । टि ट्वान्टी ब्लास्ट जुन नौ देखि १८ सेप्टेम्बरसम्म हुनेछ । 

 
 
 
 
 

ताजा खबर