थ्रि नेशन्स कप खेलमा किन अटाएनन् नवयुग ?

२०७७ चैत ११ बुधबार २१:५२:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टिमको घोषणा भएको छ । किरण चेम्जोङको कप्तानीमा घोषणा भएको २३ सदस्यीय टोलीमा विराज महर्जनले पुनरागमन गर्दा नवयुग श्रेष्ठ भने अटाएनन् ।

प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तान अन्डर ट्वान्टी थ्रि टोली संगको खेल अघि बुधबार टिम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका दश खेलाडी बाहिरिएका छन् । जसमा स्टाइकर नवयुग श्रेष्ठ, जिर्ज प्रिन्स कार्की, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर विकास खबास र गोल रक्षक विशाल श्रेष्ठ पनि छन् । 

राष्ट्रिय टिमको कप्तान्ी सम्हालिसकेका डिफेन्डर विराजलाई भने टोलीमा समावेश गरिएको छ । उनले यहि थ्रि नेशन्स कप खेलेसँगै राष्ट्रिय टिमबाट सन्याश लिने तयारीमा रहेको बताइएको छ । स्ट्राइकर आशिष लामा र मिडफिल्डर हेमन्त थापा मगर पनि टोेलीबाट बाहिरिएका छन् । निशान खड्का, संजोग राइ र त्रिदेब गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाए । 

प्रशिक्षक बालगोपाल महर्जनले उत्कृष्ट टोली छनोट गरेको दाबी गरे । विगत तीन महिना देखिको अभ्यासमा राम्रो प्रदर्शन गरेका खेलाडीले स्थान बनाएको उनको भनाइ छ । नेपालको लक्ष्य विश्वकप छनोट भएकाले त्यसलाई मध्यजनर गरेर टिम बनाएको प्रशिक्षक महर्जनले उल्लेख गरे । यो कप पछि बाहिरिएका खेलाडी पुन अभ्यासमा आउन सक्ने पनि उनले प्रस्ट पारे । कप्तान किरण चेम्जोङले खेलाडी छनोट कठिन काम भएको जनाए । तर अन्तिम टोली घोषणा गर्ने पर्छ । उनी भन्छन्– उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी नै छानिएका छन् । विगत लामो समय देखि प्रशिक्षकले हेरिरहेका छन् । फुटवल भनेको प्रदर्शन हो नामले हुँदैन ।

छनोट भएका खेलाडी

गेलकिपर– किरण चेम्जोङ, विकेश कुथु, दिप कार्की

डिफेन्डर– रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजबंशी, अजित भन्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर– त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिस्ट, संजोग राइ, विशाल राइ, सुनिल बल, रवि शंकर पासवान

स्ट्राइकर– अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास 

ताजा खबर