सीके राउतकाे जनमत पार्टीकाे महाधिवेशन चैत २८ मा

२०७७ चैत ११ बुधबार ०९:५६:०० मा प्रकाशित

धनषाः सीके राउत नेतृत्वको जनमत पार्टीकाे राष्ट्रिय महाधिवेशन हुने भएकाे छ। जनमत पार्टीले चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको हाे।

देशभरबाट महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने र विदेशका अतिथिहरू समेत सहभागी हुने बताइएको छ।

महाधिवेशनमा स्वयंमसेवकले अनिवार्य एक हजार रूपैयाँ सहयोग गर्नुपर्ने निर्देशन दिइएको छ।

यस्तै महाधिवेशनकाे तयारी स्वरुप चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरू सम्पन्न गरिसक्न पनि वडा र पालिका स्तरिय कमिटीलाई निर्देशन दिइएको छ। महाधिवेशनका लागि पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएको छ।

सीके राउत विखण्डन र पृथकतावादी राजनीति त्याग्दै मूलधारकाे राजनीतिमा प्रवेश गरेसँगै याे पहिलाे महाधिवेशन हाे। 

ताजा खबर