जाबी अलन्सो बने जर्मन क्लबको प्रशिक्षक 

२०७७ चैत १० मंगलबार १०:०७:०० मा प्रकाशित

काठमाडौं । स्पेनिस राष्ट्रिय फुटवल टिमका पूर्व मिडफिल्डर जाबी अलन्सो जर्मन क्लब बोरुसिया मोन्चेग्लाग्बाको प्रशिक्षक हुने भएका छन् ।

 जर्मनीको एक पत्रिकाले जनाए अनुसार मोन्च्ेग्लाग्बाले जाबीलाई अर्को सिजनका लागि प्रशिक्षक नियुक्त गर्न लागेको हो । पत्रिकाले कुनै स्रोत भने उल्लेख गरेको छैन । अलन्सो स्पेनका लागि एक पटक विश्वकप र दुइ पटक युरो कप उपाधी विजेता खेलाडी हुन् । उनले प्रिमियर लिग क्लब लिभरपुल र स्पेनिस रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए । 

सन २०१९ यता उनी बाल्यकालको क्लब रियल सोसिडाडको युथ टिमको प्रशिक्षणमा ब्यस्त छन् । रियाल सोसिडाडले जर्मन पत्रिकाको समाचारका विषयमा कुनै प्रतिृकया दिएको छैन । मोन्चेग्लाग्बा यो सिजन बुन्डेसलिगाको दशौं स्थानमा छ ।  

ताजा खबर