स्ट्राइकर रोवर्ट लेवान्डोस्कीलाई पोल्याण्ड सरकारको उच्च सम्मान

२०७७ चैत १० मंगलबार १०:०३:०० मा प्रकाशित

 काठमाडौं । स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले पोल्यान्ड सरकारबाट पदक प्राप्त गरेका छन् । जर्मन क्लब बुन्डेसलिगामा आवद्ध लेवान्डोस्कीलाई फुटवलको माध्यमबाट पुर्याएके योगदानको कदर गर्दै सरकारले विशेष सम्मान प्रदान गरेको हो । उनलाई राष्ट्रपति आन्द्रे डेउडाले कमान्डर्स क्रस अफ द अर्डर अफ पोलोनिया रिस्टिइस्टा पदकबाट सम्मान गरे । 

यो पोलिस सैनिक र नागरिकलाई विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पदक हो । लेवान्डीस्की करियरको पछिल्लो समय निकै नै उच्च फर्ममा छन् । उनले गत वर्ष पाँच उपाधी जितेका थिए । बायर्नले घरेलु लागि बुन्डेसलिगा जित्दा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण थियो । यस्तै बायर्नका लागि उनले च्याम्पियन्स लिग पनि जिते । उनी फिफा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका थिए । ३२ वर्षिय लेवान्डोस्कीले यसै वर्ष हुने युरोप कपको छनोट खेलमा राष्ट्रिय टिमको नेतृत्व गरेका थिए ।

 

ताजा खबर