थ्रि नेशन्स कप आजबाट सुरु हुँद

२०७७ चैत १० मंगलबार ०९:४९:०० मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटवल प्रतियोगिता थ्रि नेशन्स कप आजबाट सुरु हुँदैछ । पहिलो दिन आज बंगलादेश र किर्गिस्तानको २३ वर्ष मुनिको टोली बीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे पछि सुरु हुनेछ । घरेलु मैदानमा हुने फिफा विश्वकप छनोटका खेल कोरोना भाइरसका कारण स्थगित भएपछि खाली समयमा एअखिल नेपाल फुटवल संघ एन्फाले त्रि नेशन्स कपको आयोजना गरेको हो । बंगलादेश ६ नयाँ खेलाडी सहित प्रतिस्पर्धामा उत्रँदैछ । उसले उपाधी भन्दा पनि प्रदर्शन सुधारको अपेक्षा गरेको छ ।

किर्गिस्तानको राम्रो तयारी गर्न नपाएको उल्लेख गरेको छ । रंगशालामा एन्फाले क्षमता भन्दा कम अर्थात १२ हजार दर्शकलाई प्रवेश अनुमति दिएको छ । रंगशालाको क्षमता १५ हजार हो । भिआइपी तर्फ १५ सय र साधारण प्यारापिट तर्फको टिकट मूल्य सात सय हो । एन्फाले सवैले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । विज्ञप्ती जारी गर्दै नेपालमा पनि पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेकाले मास्क लगाउन, सामाजीक दूरी कायम गर्न, स्यानिटाइजर प्रयोग गर्न र तापक्रम नाप्न आग्रह गरेको छ । 

नेपालले भने आफ्नो पहिलो खेल विहीबार किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख डलर पुरस्कार पाउछेन् । रंगशालामा सिरिनयर टिमले ६ वर्षपछि खेल्दैछ । यसअघि सन २०१५ मा नेपाल र भारत बीच विश्वकप छनोटको खेल भएको थियो । गत वर्ष भएको १३ औं सागमा २३ वर्ष मुनिको टोली सहभागी थियो । नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् । नेपालले उपाधी जित्ने लक्ष्य राखेको छ । 

 

ताजा खबर