बुढानिलकण्ठमा खुल्यो होलिस्टिक प्राकृतिक चिकित्सा सेवा

२०७७ चैत ८ आइतबार ११:५०:०० मा प्रकाशित

काठमाडौं । मन र आत्माको शुद्धिको उदेश्य लिएर मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लञ्च भएको छ । यहाँ प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने छन् ।

मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो । यहाँ तपाईंलाई आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने बताईएको छ ।

हिजो शनिबार मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम आयोजना गरिएको थियो ।
 
शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर निर्मल वातावरणमा अवस्थित मेराकी विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको बताईएको छ । 

मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्चमा दुईवटा वर्कशपहरु भएका थिए ।

 

प्राणिक हिलिङ

 यसमा व्यक्ति आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाउने छन् । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा इच्छुक व्यक्तिले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्ने बताईएको छ । यहाँ नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको थाहा भएको छ ।

मेराकीमा रहेका सुइटहरु, निजि लाउञ्ज र रेष्टुरेण्टले सेवाग्राहीलाई तनाव रहित वातावरणमा प्रकृतिको नजिक रही पूर्ण आराम दिलाउन विशिष्ट सेवा दिन कर्मचारीहरु सधैं तत्पर रहेका छन् ।

अन्य कहीं अनुभव गर्न नपाउने मन, शरीर, र आत्माको विशेष ध्यान राख्न सिकाउने प्रयोगशालाहरुले विशिष्ट अनुभव मात्र प्रदान गर्दैन, कुनै पनि किसिमको विशेष प्राथमिकता सहितको आवश्यकताहरुको पनि ध्यान राखी     उत्कृष्ट सेवा दिन मेराकी सधैं तयार रहेको मेराकीले जनाएको छ ।  

 


 

ताजा खबर