बायर्न म्युनिखसँग स्टटगर्ट चार शून्यले पराजित  

२०७७ चैत ८ आइतबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन लिग बुन्डेसलिगामा स्टटगर्टलाई चार शून्यले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बायर्न १२ औं मिनेटमानै दश खेलाडीमा समेटिएको थियो । तर त्यसको असर बायर्नलाइ परेन ।

अलफन्सो डेविड रातो कार्ड खादै मैदान बाहिरिएका थिए । त्यसको पाँच मिनेट पछि लेवान्डोस्कीले गोलको खाता खोले । २२ औं मिनेटमा सर्जि नाब्रीले अग्रता दोब्बर पारे । लेवान्डोस्कीले पहिलो हाफमानै ह्याट्रिक पुरा गरे । २३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ३९ औं मिनेटमा ह्याट्रिक गरे ।

यो सिजन पोलिस स्टाइकर लेवान्डोस्कीस्को क्लबका लागि गोल गोल संख्या ४० पुगीसकेको छ ।  साविक विजेता बायर्न अंक तालिकाको शीर्ष स्थानमा छ । उसको २६ खेलबाट ६१ अंक छ । उसलाई पछ्याइरहेको लाइपजिगको ५७ अंक छ । बोरुसिया डर्टमन्डले कोल्न संग २–२ गोलको बराबरीमा रोकियो । डर्टमन्डका लागि दुवै गोल अर्लिङ ब्राउट हालान्डले गरेका थिए । 

ताजा खबर