म्यानचेस्टर सिटी र साउथह्याम्पटन पुगे  सेमीफाईनलमा

२०७७ चैत ८ आइतबार ११:२८:०० मा प्रकाशित

काठमाडौं । म्यानचेस्टर सिटी र साउथह्याम्पटन एफ ए कपको सेमीफाइनलमा प्रवेश गरेका छन् । सिटीले क्वाटर फाइनलमा एभर्टनलाई २–० गोलले पराजित गरेको हो ।

एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलको ८३ मिनेटसम्म गोल रहित बराबरीमा थियो । वल पोसेसनमा पक्कड जमाएपनि पेप ग्वार्डिवालाको टोली सिटीले गोलका लागि निकै संघर्ष गर्नु पर्यो । पहिलो हाफमा एभर्टनका यारी मिनाको हेडरले गोलको दिशा लिन नसक्दा घरेलु टोली अग्रता लिन चुकेको थियो । 

दोसो हाफमा ग्वार्डिवालाले रियाद महरेज र केभि डि ब्रुयनालाई मैदान प्रवेश गराएका गिए । त्यसपछि सिटी एभर्टननको वलियो डिफेन्स तोड्न सफल भयो । ८४ औं मिनेटमा इल्काइ गुन्डवाले ब्रेक थ्रु दिलाएका थिए । ९० औं मिनेटमा ब्रुयनाले गोल गरेपछि सिटीले लगातार तेस्रो सिजन एफए कपको अन्तिम चारमा प्रवेश गर्यो ।

 

जीतपछि सिटीले यो सिजन चार उपधि जित्ने सम्भावना पनि बढेको छ । सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको क्वाटरफाइनमा छ । लिगको कपको फाइन पुगिसकेको छ । ग्वार्डिवालाले गत नोभम्बर यता टिमको गरेको प्रदर्शन अतभुत रहेको प्रतिकृया दिए । कोरोना भाइरस महामारीका कारण प्रतिकुल स्थितीमा पनि टिमले उच्च प्रदर्शन गरिरहेको उनको भनाइ थियो । 

यता एभर्टनका प्रशिक्षक कार्लास एन्सेलाटीले विश्वकको उत्कृष्ट फुटवल क्लब विरुद्ध आफ्ना खेलाडीको प्रदर्शन प्रति गर्व भएको प्रतिृक्रिया दिए । सिटी सामान्य क्लब नभएको उनको भनाइ थियो । एभर्टन सन २०१६ यता एफ ए कपको सेमीफाइनल पुग्न सकेको छैन ।

साउथह्याम्पट बर्नमथलाई ३–० गोलले हराउँदै सेमीफाइनल पुगेको हो । उसको जीतमा ३७ औं मिनेटमा मिसा जिनेपा र नाथन रेडमन्डले पहिलो हाफको इन्जुरी समय र ५९ औं मिनेटमा गोल गरेका थिए । साउथह्याम्पटन पछिल्ला १८ सिजनमा  एफए कपको सेमीफाइनल पुगेको यो केवल दोस्रो पटक हो । 

ताजा खबर