यी हुन् सबैभन्दा पहिले हजार रन पुरा गर्ने खेलाडी

२०७७ चैत ८ आइतबार ११:२२:०० मा प्रकाशित

गुजरात । भारतसँगको सिरिज गुमाए पनि इङल्यान्डका ब्याट्सम्यान डाविड मालानले टि ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान बनाएका छन् ।

मालानले भारत विरुद्धको पाँचौ टि ट्वान्टीमा विश्व कीर्तिमान कायम गरेका हुन् । मालान टि ट्वान्टी अन्तर्राष्ट्रियमा सवैभन्दा छिटो एक हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले गएराती ४६ वलमा नौ चौका र २ छक्काको मदतमा ६८ रन बनाएका थिए । उनले यो सफलता मात्र २४ इनिङमा प्राप्त गरेका हुन् । 

यसअघि यो कीर्तिमान पाकिस्तनका बाबर आजामको नाममा थियो । आजामले सन २०१८ नोभेम्बर चारमा न्युजील्यान्ड विरुद्ध बनाएका थिए । उनले एक हजार रन बनाउने क्रममा २६ इनिङ खेलेका थिए । तेस्रो स्थानमा भारतीय कप्तान विराट कोहली छ । कोहलीले २७ इनिङमा एक हजार रन पुरा गरेका हुन् ।  

ताजा खबर