कोरोना रिटर्न २– पहिलाको भन्दा  धेरै घातक  

२०७७ चैत ७ शनिबार १४:५१:०० मा प्रकाशित

तपाईंहरुले विभिन्न फिल्मका ‘सिक्वेल’ हेर्नु भएको होला ।  एउटा नामले बनेका फिल्मका ‘सीक्वेल’ चर्चित हुनुका साथै सफल पनि रहेका छन् । वर्तमानमा सम्पूर्ण विश्व नै प्रकृतिको सबैभन्दा सानो सदस्य सम्भवतः प्रकृतिको पहिलो रचना (सिंगल अरएनए) एउटा भाइरसको नयाँ परिमार्जित अवतार (सिक्वेल) ले आक्रान्त बनेको छ ।

सन् २०२० मा आफ्नो उपस्थितिले विश्वभरीकै सबै सिनेमा हल बन्द गराएर कोभिड १९ नामक हरर्, थ्रिलर, सस्पेन्स, एक्शन’ लगायत सबै विधाको सफलतम मूभीका रूपमा कुख्याति कमाएको यस मूभीले आफ्नो ‘सिक्वेल’को पिीमियर ‘शो’ मै पुनः कीर्तिमानको नयाँ उचाई छुने सन्देश र समीक्षात्मक भ्यालु प्राप्त गरिसकेको छ । 
प्रकृतिले पुरानो फिल्म कोभिड १९ को नयाँ ‘सिक्वेल’ विश्वका कैयन देशमा झण्डै एकसाथ नै ‘प्रोड्यूस’ गरी लञ्च गरेको छ । युके भ्यारिएन्ट, दक्षिण अफ्रीकी भ्यारिएन्ट, ब्राजीलियन भ्यारिएन्ट, इंडियन भ्यारिएन्ट लगायत अनेकौं पिन्टका साथ फिल्मको ‘ओपनिंग शो’ भव्यताका साथ सम्पन्न भइसकेका छन् । सम्बन्धित ‘क्रिटिक’ हरुका नजरमा यस नयाँ ‘सिक्वेल’ले पुरानो फिल्म कोभिड १९ का सबै कीर्तिमान ध्वस्त गरी भय, आतंक र जीवनको तृष्णाका नयाँ रेकर्ड कायम गर्नेछ ।

नयाँ ‘सिक्वेल’ को ‘प्रिमियर शो’ ले नै साउदी अरेबिया, तान्जानिया, ब्राजिल, स्पेन, फ्रान्स, युके, जर्मनी, इटाली भारत लगायतका अनेकौं देशमा हाहाकार मच्चाउँदै  लकडाउनको पथ अवलम्बन गर्ने प्रारम्भिक सफलता पाईसकेको छ । यस सम्बन्धित विशेषज्ञहरुका अनुसार शीघ्र नै नयाँ यस ‘सिक्वेल’ ले विश्वभरीका सिनेमा हल बन्द गराई आफ्नो पताका फहराउने छ ।

साहित्य सन्दर्भ समापन गरी संसारभर देखापरेका कोरोना भाइरसका नयाँ ‘भ्यारिएन्ट’ बारे खुलस्त चर्चा गरौं । हिजो एकजना मित्रले नेपालको ‘टूरिज्म’लाई प्रवर्धन गर्ने मनशायले एउटा पोस्ट लेख्नु भयो । नेपालमा ‘क्वारेन्टाइन  –आइसोलेसन’ बस्नु पर्दैन । पीसीआर रिपोर्ट ७२ घण्टामै पाइन्छ भन्ने उल्लेख गर्दै उहाँले संसारभरी कै पर्यटकहरुलाई नेपाल आउने निम्तो दिनु भयो ।

कता कता मलाई योगेश भट्टराईको सम्झना आयो । गत वर्ष शायद यसै समयको हाहाहारीमा उहाँ पर्यटनमन्त्री पदमा सुशोभित हुनुहुन्थ्यो । उहाँले पनि नेपालमा कोरोना छैन– कोरोनाको डर छैन भनी संसारभरीकै पर्यटकलाई निमन्त्रण पठाउने कार्य गर्नु हुन्थ्यो त्यसबेला ।  बदलिएको समयक्रममा उहाँ अहिले सरकारमा हुनुहुन्न, बागी झै बन्नु भएको छ । अहिले उहाँलाई पर्यटक चाहिएको छैन, बदलिएको भूमिकामा उहाँ बगावतको बिगुल फुक्दै विभिन्न सभा– समूहको आयोजना गरेर कोरोना प्रसारित गर्न/गराउन सक्ने उद्यमशीलतामा केन्द्रित हुनुहुन्छ ।

२ दिन पहिला ब्राजिलमा एकै दिनमा कोरोना संक्रमणका ९० हजार केस आउनाले ‘कोरोना रिटर्न’ को भयावहता उजागर गरेको छ । छिमेकी देश भारतमा दैनिक ४० हजार नयाँ संक्रमित देखिने क्रमले ‘कोरोना रिटर्न’ को प्रभावकारिता र भयावहता दुबै उजागर गरेको छ । भारतमा ११० दिन पछि झण्डै ४ महिनाको अन्तराल पछि दैनिक ४० हजार संक्रमित देखिन आएका हुन् ।

यस क्षेत्रका विशेषज्ञ मात्रै होइन भाइरसबारे सामान्य जानकारी राख्ने जो कोहीलाई थाहा छ कुनै भाइरसको प्रभावकारिताको ग्राफ घट्दै गई रहेको अवस्थामा यदि पुनः यो ग्राफ उकालोतिरको यात्रामा लम्किन्छ भने त्यसको कारण भाइरसमा भएको ‘म्यूटेशन’का फलस्वरूप उत्पत्ति भएका यसका नयाँ नयाँ ‘भ्यारिएन्ट’ कै कमाल हुन्छ ।

नयाँ ‘भ्यारिएन्ट’ यस कारणले पनि खतरनाक हुन्छ किनकी यसको पूर्ववर्ती संस्करणबारे चिकित्सा जगतका कामदारहरुले जे जति बुझेका हुन्छन् अथवा भनौ पुरानो संस्करणको रोकथाम र उपचारबारे विभिन्न प्रकारका विज्ञ तथा चिकित्साकर्मीलाई जे जति थाहा हुन्छ त्यो नयाँ ‘भ्यारिएन्ट’ सँग ‘डील’ गर्न पर्याप्त हुन्न । चिकित्साकर्मीले नयाँ ‘भ्यारिएन्ट’ का संक्रमितको उपचार गर्दा गर्दै विस्तारै यसको रोकथाम र उपचारका बारेमा बुझ्छन् । यस क्रममा संक्रमण तीव्र गतिले बढ्नुका साथै ताडन्व मच्चाउन सफल भएको हुन्छ ।

कोभिड १९ का बारेमा धेरै कुराको संज्ञान भइसकेको थियो । जस्तो यसको प्रसार दर कति  हो ? यसको ‘लोड क्यापासिटी’  कति हो ? यसको ‘मोर्टेलिटी रेट’ कति हो ? संक्रमित मध्ये कति प्रतिशतमा मात्रै संक्रमण ‘सीभीएर’ हुन्छ, कतिमा ‘मार्ड्रेट’, कतिमा ‘माइल्ड’ र कति प्रतिशतमा संक्रमणका कुनै लक्षण देखिदैनन ?

‘युके भ्यारिएन्ट’ मा यस सम्बन्धी केही अध्ययन भएका थिए र रिपोर्ट अनुसार ‘युके’ को नयाँ ‘भ्यारिएन्ट’ पुरानोभन्दा धेरै शक्तिशाली रहेको थियो । कोरोना भाइरस बहुरुपिया हो, यसले यति छिट्टै रूप फेरेर नयाँ नयाँ अवतार धारण  गर्छ कि यसका सबै नयाँ रूपबारे थप केही थाहा हुन सकेको छैन ।

दुःखद् कुरा के प्रकाशमा आइरहेका छन् भने ‘कोरोना रिटर्न’ का नयाँ नयाँ अवतारले पुरानो भाइरस संस्करण (कोभीड  १९) का विरुद्ध बनेका भ्याक्सिनलाई निष्प्रभावी तुल्याइएको छ । यहाँनिर ध्यान दिनु पर्ने कुरा के हो भने सबै भ्याक्सिन चाहे जुनसुकै कम्पनीका भ्याक्सिन हुन्, ती सबैलाई अब कोरोना भ्याक्सिन भन्नु हुँदैन । बाजारमा आएका भ्याक्सिन ‘कोभीड १९ भ्याक्सिन’ हुन् । all vaccine are simply design for  covid  १९ virus and they are effective only against covid  १९ virus .so all vaccine are 'covid  १९ vaccine ' . don't  called  them  corona  vaccine .

भ्याक्सिन लाएका कतिपय व्यक्ति नयाँ ‘भ्यारिएन्ट’ बाट संक्रमित भइसकेका अनेकांै समाचार आइसकेका छन् । यसैगरी कोभिड १९ बाट संक्रमित भइ निको भएका अर्थात् शरीरमा कोभिड १९ विरुद्ध एन्टीबडी बनेका व्यक्तिहरुलाई पनि नयाँ ‘भ्यारिएन्ट’ ले आफ्नो चपेटामा लिएका समाचार प्रकाशित भइसकेका छन् । भारतमा भ्याक्सिनका दुबै डोज लिइसकेका व्यक्ति पनि संक्रमित भएका छन् । यसमा दोष भ्याक्सिनको होइन । सबै कम्पनीले  भ्याक्सिनको ‘इफिकेसी’ बारे तथ्यांक सार्वजनिक गर्दै आइरहेका छन् । एस्ट्रेजेनेकाको ‘इफीकेसी’ दुबै डोज  लाएपछि ७० प्रतिशतसम्म रहेको छ । यसको स्पष्ट आशय के हो भने दुबै डोज लिएका सयजना मानिसमध्ये ७० जनामा मात्रै भ्याक्सिनले प्रभावकारिता देखाउँछ । ३० जनामा भने भ्याक्सिनले सुरक्षा दिँदैन । यो त भयो कोरोनाको पुरानो संस्करण विरुद्धको प्रभावकारिता ! कोरोनाका नयाँ ‘भ्यारिएन्ट’ बारे केही थाहा छैन । यसले ७० प्रतिशत  व्यक्तिमा (भ्याक्सिन लाएर एन्टीबडी बनेका व्यक्तिमा) संक्रमण गर्छ कि गर्दैन त्यसबारे संसारको कुनै पनि प्राणीलाई केही थाहा छैन ।

विश्व स्वास्थ्य संगठन, विभिन्न स्वास्थ्य एजेन्सी, भ्याक्सिन निर्माता कम्पनी र यस क्षेत्रसँग सम्बन्धित विज्ञले यसबारे केही बोल्दैनन् । तर खुला दिमाग राखेर अलिकति पनि चिन्तन गर्ने हो भने यस विषयमा छर्लङ्ग जानकारी पाउन सकिन्छ । अलिकति यसबारे चिन्तन गरी हेरौं । यदि पूर्वमा कोरोना संक्रमित भइ निको भएका व्यक्ति जसको शरीरमा कोभिड १९ विरुद्ध एन्टीबडी रहेको छ र यदि नयाँ ‘भ्यारिएन्ट’ ले शरीरमा रहेको त्यस एन्टीबडीका विरुद्ध अड्डा जमाऊन सक्छ भने भ्याक्सिनले बनेको एन्टीबडी विरुद्ध पनि नयाँ ‘भ्यारिएन्ट’ ले तान्डव मचाउन सक्छ ।

स्थिति अत्यन्त जटिल, दुरूह एवं विषम छ । अहिलेसम्म कोभिड १९ को शिकार नभएका अथवा शिकार बनि स्वस्थ भएर शरीरमा एन्टीबडी बनेका अथवा भ्याक्सिन लिएर एन्टीबडी निर्माण हुने क्रममा रहेका (भ्याक्सिनको एउटा डोजले कति एन्टीबडी बनाउन्छ त्यो अर्को अनुसन्धानको विषय हो, सरकारले दोस्रो डोज भ्याक्सिन बैशाखको दोस्रो साता देखि लाउने  घोषणा गरेको छ । व्यक्ति कोरोना रिटर्नबाट के कति सुरक्षित छन् यसको जबाब श्रीपशुपतिनाथसँग भए  होला, संसारका कुनै विज्ञसँग त छैन । सबैजनाले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था छ, तपाईंले एक डोज भ्याक्सिन लिँदैमा सुरक्षा पाउनु भएको छैन । दोस्रो डोजले पनि कुनै ग्यारेन्टी दिन्न । नेपालमा बढीमा १७ लाख मानिसले भ्याक्सिन लिने अवसर पाएका छन्, यो कुल जनसँख्याको ३ प्रतिशत पनि हुन्न । उहाँहरु पनि पूर्णरूपेण सुरक्षित हुनुहुन्न । भ्याक्सिन नपाएका वर्गको कुरै नगरौं । आफ्नो सुरक्षा आफैं गरौं, यस बाहेक अन्य कुनै उपाय छैन ।

सुरक्षित हुने जे जे वैकल्पिक उपाय अपनाउन सक्नु हुन्छ ती सबैको प्रयोग गरेर आफु आफ्नो घर परिवारका सदस्य, आफन्त, मित्र सबैलाई सुरक्षित राख्नुस् । यस क्रममा तपाईंले संक्रमणबाट जोगिन सन् २०२० मा अपनाएका सबै उपाय पालन गर्नुका साथै विभिन्न घरेलु उपाय, जडी बूटी, वैकल्पिक चिकित्सा पद्धति, होम्योप्याथ, आयुर्वेद प्राकृतिक चिकित्सा, विभिन्न अन्य थेरापी तपाईंलाई जेमा विश्वास लाग्छ सबैको प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ ।  जसरी भए पनि आफुलाई सुरक्षित राख्नु नै सबैभन्दा ठूलो धर्म–कर्म –पुरुषार्थ हो ।

कुनै महानुभावलाई यस विषयमा थप केही जान्ने  कौतुहल हुन्छ भने ‘मेल’ अथवा फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ ।

divinitycallsyou @gmail.com
https://www.facebook.com

 इति नमस्कारांते
 

ताजा खबर