नेपाल सुपर लिगः यस्तो खेलाडी खरिद बिक्रीको कथा

२०७७ चैत ७ शनिबार ११:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाली खेलकुदमा क्रिकेटले फ्रेञ्चाइजी लिग स्थापित गरेको छ । धनगढी प्रिमियर लिग डिपिएलले फ्रेञ्चाइजी लिगको सुरुवात गरेको थियो । त्यसैलाई पछ्याउँदै अहिले एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीन फ्रेञ्चाइजीले आफ्नो पहिचान बनाएका छन् । तर फुटवलमा पहिलो पटक अक्सन मार्फत खेलाडी छनोट गरे फ्रेञ्चाइजी लिग सुरु हुँदैछ । नेपाल सुपर लिगका लागि शुक्रबार काठमाडौंमा अक्सन भयो । अखिल नेपाल फुटवल संघले उपलब्ध गराएको सूचीबाट सहभागी सात फ्रेञ्चाइजी टोलीले खेलाडी छनोट गरेका थिए । कस्तो रह्यो त नेपाली फटुवल इतिहासमा पहिलो पटक भएको अक्सन ?

अक्सनको सुरुवातमा विश्व फुटवलका चर्चित खेलाडी लुइस फिगोको शुभकामना सन्देश सुनाइएको थियो । पोर्चुगचका स्टार फिगोले नेपाल सुपर लिगमा सहभागी सैवे टिमको सफलताको कामना गरे । अक्सनको सुरुवातमा अशोक थापा माथि बोली लागेको थियो ।  बी श्रेणाीका मिडफिल्डर अशोकलाई विराटनगरले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गर्यो । अक्सन  पहिलो पटक भएकाले टिमहरु दवावमा देखिए । उनीहरुमा अनुभवको कमी  जस्तो देखिन्थ्यो भने केही टिम भाग्यमानी पनि सावित भए । केहीले आफुले चाहेको खेलाडी गुमाए । 

ए श्रेणीका तेज तामाङ ६ टिमले बोली लगाउने पहिलो खेलाडी बनेका थिए । राष्ट्रिय टिमका मिडफिल्ड तेज माथि ललितपुर सिटी एएफसी बाहेक विराटनगर सिटी एएफसी, बुटवल लुम्बिनी एएफसी, एएफसी चितवन, धनगढी एफसी, काठमाडांै रेजर्स र पोखरा थन्डर्सले बोली लगाएका थिए । गोलाप्रथामा काठमाडौं भाग्यमानी बन्यो । तेजलाई उसले अधिकतम मूल्य दुइ लाखमा पाएको हो ।

वि श्रेणीमा रहेका स्ट्राइकर विमल राना माथि पनि ६ टिमको बोली लागेको थियो । गोलाप्रथामा पोखरा बाहेक टिम बीच प्रतिस्पर्धा हँुदा ललितपुर अधिकतम मूल्य एक लाख २० हजारमा किन्न सफल भयो । अक्सनमा तेज बाहेक अरु सात खेलाडीले अधिकतम दुइ लाख मूल्य पाएका थिए ।

 एक भन्दा बढी टिम बीच प्रतिस्पर्धा भएपछि गोलाप्रथामा जाने र खेलाडीले अधिकतम मूल्य पाउने गर्छन् । विराटनगरले सुनिल बललाई, चितवनले  विशाल सुनुवार र विकास खबासलाई अधिकतम मूल्य तिरेको थियो । धनगढीले दुइ लाख तिरेर दिनेश राजबंशी भित्र्यायो । ललितपुरले एरिक बिस्ट, पोखराले दिप कार्की र सुजल श्रेष्ठलाई अधिकतम मूल्य थियो ।

ए श्रेणीका खेलाडीलाई अधिकतम दुइ लाख मूल्य नतिर्ने एक मत्र टोली बुटवल लुम्बिनी बन्यो । अक्सनमा सवैभन्दा बढी पोखराले खर्च गरेको थियो । उसले १४ खेलाडीका लागि १२ लाख १५ हजार खर्च गरेको थियो । सवैभन्दा कम बुटवलले ९ लाख ६० हजार खर्चियो । प्रत्येक टिमले १४–१४ खेलाडी लिन पाउने प्रावधान थियो । अक्सनमा एक सय ४९ खेलाडी समावेश भएकोमा ८९ खेलाडी विक्री भए । बाँकी नौ खेलाडीलाई टिमले विस लिस्टबाट लिएका थिए ।

अक्सनमा नविकेका अर्पन कार्कीलाई ललितपुरले, रंदिप पौडेललाई बुटवलले, प्रिजेन तामाङलाई काठमाडौंले विस लिस्टबाट लिएका थिए । राष्ट्रिय टिममा रहेका जर्ज प्रिन्स कार्की र रेजिन सब्बा भने विकेनन् ।

विराज महर्जन, भोला सिलवाल र जुमानु राइमा पनि कुनै पनि इच्छा देखाएनन् ।  विदेशी लिग खेलिरहेका रोहित शर्मा, किरण चेम्जोङ, अभिषेक रिजाल र प्रकाश बुढाथोकी अक्सनमा सहभागी थिएनन् । सात टिमले मार्की खेलाडी अक्सन अघि नै घोषणा गरेका थिए । जसमा विराटनगरको रंजीत धिमाल, धनगढीको विशाल राई, ललितपुरको अन्जन बिस्ट, काठमाडौंको विकेश कुथु, चितवनमा भरत खवास, पोखरामा नवयुग श्रेष्ठ, लुम्बिनीमा विशाल श्रेष्ठ मार्की खेलाडी रहेका छन् । 

प्रशिक्षकमा काठमाडौंको बालगोपाल महर्जन, धनगढीले नाइजेरियन तोपे फुजा, ललितपुरले प्रदिप हुमागाईं, चितवनले मेघराज केसी, पोखराले नवीन न्यौपाने, बुटवलले राजुकाशी शाक्यलाई नियुक्त गरेका छन् । विराटनगरे भने सार्वजनिक गरेको छैन । लिग बैशाख एघार गते देखि २५ गतेसम्म काठमाडौंमा हुनेछ ।  

पहिलो पटक अक्सन भएको हुदा केही दवाव महसुस भएको टिमहरुले बताएका थिए । क्रिकेटमा डिपिएल आयोजना गर्ने सुवास शाही धनगढी एफसीका मालिक हुन् । उनले सधै अरुलाई अक्सनमा राख्ने आफैं अक्सन टेवलमा बस्दा छुट्टै अनुभव भएको प्रतिकृया दिए । केही दवाव भएको पनि उनको भनाइ छ । खेलाडी छनोटमा आफुले हस्तक्षेप नगरेको भन्दै शाहीले रमाइलो भएको सुनाए ।

काठमाडौंका मार्की खेलाडी विकेश भन्छन्–अक्सनमा खेलाडी छनोट गर्नु भनेको ढुंगा चपाए जस्तो लाग्यो । आफुले चाहेको केही खेलाडी अरु टिमले लगे । तरपनि सन्तुलित टिम छनोट गरियो भन्ने लागेको छ । फुटवलमा पहिलो पटक भएको अक्सनमा सअभागी हुन पाउँदा खुशी लागेको छ । हामी खेलाडीका लागि यो ठूलो अवसर हो । सवैजना उत्साहित छांै । 

चितवनका प्रशिक्षक मेघराज केसीले सवैले चाहेको जस्तै टिम अक्सनमा नपाउने उल्लेख गरे । सुपर लिगले नेपाली फुटवलको आउँदो पुस्तालाई निर्देशित गर्ने उनको भनाइ छ ।

सुपर लिग नेपालको ब्यापारिक घराना चौधरी गु्रप अन्तर्गतको नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजनामा हुन लागेको हो । नेपाल सुपर लिगको अध्यक्ष आर्शायता कार्की चौधरी छिन् । उनले लिगको उदेश्य नेपालमा  फुटवल विकास भएको प्रतिृकया दिइन् । नेपालमा अझैपनि खेलाडीले पाउनुपर्ने सम्मान नपाएको उनको भनाइ छ । विदेशमा  खेलाडीको कस्तो ठूलो महत्व छ तर नेपालमा हुन सकिरहेको छैन । यो लिग आउँदा वर्षहरुमा अझ बढी ठूलो र ब्यावसायिक हुँदै जाने उनले बताइन् । 

असल नियत राखेर आयोजना गरिएका जुनसुकै प्रतियोगिताले पनि खेल र खेलाडीको हित गर्छ । सुपर लिगले नेपाली फुटवलको विकासमा आयाम थप्ने विश्वास गरिएको छ । यसलाई विवादरहित स्पष्ट ढंगले आयोजना गर्न सुझाव दिइएको छ ।   
 

ताजा खबर