भरत बने एफसी चितवनका मार्की खेलाडी

२०७७ चैत ५ बिहीबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । नेपाल सुपर लिग खेल्ने एफसी चितवनले राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासलाई मार्की खेलाडी घोषणा गरेको छ ।

चितवन, आइएमइ ग्रुप अन्तर्गतको गेम अन प्रालिको स्वामित्वमा रहेको छ । गेम अन प्रालिको प्रवन्ध निर्देशक सचिन ढकाल र भरतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता कार्यक्रममा ढकालले विश्वकपमा अरु देशलाई समर्थन गर्दै मनोरञ्जन लिने गरेको उल्लेख गरे । त्यसको अन्त्य गर्न चितवनको स्वामित्व लिएको उनको भनाइ थियो ।

 चितवनले प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्धन गरेको छ । सहभागी सात फ्रेन्चाइजी टोलीमध्ये प्रशिक्षक सार्वजनिक गर्ने चितवन पहिलो हो । यसअघि धनगढी फुटवल क्लबले विशाल राई, ललितपुर सिटी फुटवल क्लबले अन्जन बिस्टलाई मार्की खेलाडी घोषणा गरेको थियो ।

 विराटनगर सिटी एफसी र काठमाडांै  रेजर्सले आज मार्की खेलाडी घोषणा गर्दैछन् । लिग बैशाख एघार गते बाट सुरु हुनेछ । 

ताजा खबर