बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्यो

२०७७ चैत ५ बिहीबार ११:२८:०० मा प्रकाशित

 काठमाडौं । जर्मन च्याम्पियन बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुन्डेसलिगा क्लब बायर्नले इटालिन सइड लासियोलाइ समग्रमा ६ दुइ गोलको फराकिलो अन्तरले हराएको हो । 

बायर्नले लासियोको मैदानमा भएको अन्तिम १६ को पहिलो लेगमा चार एकको अग्रता लिएको थियो । गएराती घरेलु मैदानमा भएको दोस्रो लेगमा दुइ एकको जीत हात पार्यो । १३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टि गोल मार्फत बायर्नले अग्रता लिएको  थियो । लियोन गोरेट्ज्कालाई लासियोका फ्रान्सिस्को चेर्बीले फाउल गरेपछि बायर्नले पेनाल्टि पाएको थियो । जसमा लेवान्डोस्की चुकेनन् ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगमा प्रहार गरेका सवै १३ पेनाल्टिमा गोल गरेका छन् ।  पहिलो हाफमा एक शून्यले अघि रहेको बायर्नले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको थियो । ७३ औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान प्रवेश गरेका थिए । एरिक म्याक्सिम चुपो मोटिङले गोल गरेका थिए । ८२ औं मिनेटमा लासियोका मार्को पारोलोले एक गोल गरे । उनी च्याम्पियन्स लिगको नक आउट चरणमा गोल गर्ने तेस्रो बढी उमेरका खेलाडी हुन् । गोल गर्दा मार्को ३६ वर्ष ५१ दिनका थिए । यस पाउलो माल्दिनीले ३६ वर्ष तीन सय ३३ दिन र रायन गिग्सले ३७ वर्ष एक सय ४८ दिनमा  गोल गरेका थिए । साविक विजेता  बायर्न घरेलु मैदानमा ३१ खेल यता अपराजित छ ।

ताजा खबर