इपिएल: चेल्सी पुग्यो क्वाटर फाईनलमा

२०७७ चैत ५ बिहीबार ११:२३:०० मा प्रकाशित

काठमाडौं । चेल्सी इङलिस प्रिमियर लिग क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सिले अन्तिम १६ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई समग्रमा तीन शून्य गोलले पराजित गरेको हो । चेल्सि सात वर्ष पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो ।

चेल्सिले पहिलो लेगमा ला लिगा लिडर एट्लिको विरुद्ध एक शून्यको अग्रता लिएको थियो । गएराती घरेलु मैदान स्टामफोर्ड व्रिजमा दुइ शून्यको सहज जीत हात पार्यो । डिएयो सिमोयानीको टोली एट्लेटिको खेलको अन्त्यमा दश खेलाडीमा सेमटिएको थियो ।

३४ औं मिनेटमा हाकिम जियासले गोलको खाता खोलेका थिए । उनले टिमो भेर्नरको सापमा गोल गरेका हुन् । ८१ औं मिनेटमा एट्लेटिकोका स्टेफान सेभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्जुरी समयमा एमर्सन पाल्मेरीको गोल गरेपछि चेल्सि दुइ शून्यले विजयी भयो । चेल्सि पछिल्लो पटकसन २०१३–१४ को सिजनमा अन्तिम आठमा पुगेको थियो । सो वेला चेल्सि जोसे मोन्हिोको प्रशिक्षणमा थियो । चेल्सि प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा १३ खेल देखि अपराजित छ ।

 उत्कृष्ट पुनरागमन गर्ने लक्ष्य लिएको एट्लिटको पहिलो पटक लागातार तेस्रो सिजन युरोपियन प्रतियोगिताको नक आउट चरण बाट बाहिरिएको हो । चेल्सि, एटलेटिकोलाई युरोपियन प्रतिस्पर्धाको नक आउट चरणमा पराजित गर्ने २००८ पछिको पहिलो इङलिस टोली हो । योसँगै क्वाटरफाइनल समीकरण पुरा भएको छ । म्यानचेस्टर सिटी, रियाल मड्रिड, लिभरपुल, बोरुसिया डर्टमन्ड, र  पेरिस सेन्ट जर्मेन पिएसजी क्वाटरफाइनल पुगिसकेका छन् । क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।  

ताजा खबर