मेसीलाई किन गुमाउन चाहँदैन बार्सिलोना ?

२०७७ चैत ५ बिहीबार ११:१७:०० मा प्रकाशित

काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोहान लापोर्ताले लियोनल मेसीलाई क्लबमै राख्न संभव भएसम्म सवै प्रयाश गर्ने बताएका छन् ।

बार्साको अध्यक्षको पदभार ग्रहण कार्यक्रमा बोल्दै लापोर्ताले मेसीका लागि आफुले सक्ने सवै काम गर्ने प्रतिृकया दिएका हुन् । उनी केही साता अघि ५४ प्रतिशत सदस्यको मतका साथ क्लबको अध्यक्षमा निर्वाचित भएका थिए । मेसी विश्व फुटवलको उत्कृष्ट खेलाडी भन्दै बार्साले  गुमाउन नचाहेको उनको भनाइ थियो ।

दुइ साता अघिमात्र अर्जेन्टाइन स्ट्राइकर मेसीले क्लबबाट सर्वाधिक ७ सय ६७ खेल खेल्दै जाबीको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । पदभार ग्रहण कार्यममा मेसी सहित जेरार्ड पिके, सर्जियो बुस्केट, सर्जि रोबर्टोको उपस्थिति थियो । आफ्नो सम्बोधनमा लापोर्ताले मेसीलाई भने –तिमीलाई थहा छ म तिमिलाई माया गर्छु, बार्साले तिमीलाई माया गर्छ, जब तिमी खेल्छै नोउ क्याम समर्थकले भरिन्छ । तिमी बार्सा छोड्न चाहँदैन थियौ । अन्त्यमा तिमिले जे निर्णय गर्नेछौ त्यो राम्रो नै हुनेछ । तर हामी हरसंभव प्रयास गर्नेछौं ।

उनले अहिलेको प्राथमिकता क्लबलाई आर्थिक रुपमा वलियो बनाउन भएको पनि उल्लेख गरे । त्यसका लागि योजनाहरु रहेको उनको भनाई थियो । यो सिजन बार्सा च्याम्पियन्स लिगको अन्त्मि १६ बाट पिएसजीसँग पराजित हुँदै बाहिरीसकेको छ । तर घरेलु प्रतियोगितामा उपाधी जित्ने उनको विश्वास छ । ला लिगामा बार्सा दोस्रो स्थानमा छ । कोपा डे ल रेको फाइनल पुगेको छ ।  

ताजा खबर