किलियन एमबाप्पेको निर्णायक गोलको परिणाम

२०७७ चैत ५ बिहीबार ११:०९:०० मा प्रकाशित


काठमाडौं । किलियन एमबाप्पेले दुइ गोल गरेपछि पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ । पिएसजीले लिललाई तीन शून्य गोलले हराएको हो । पिएसजीले लगातार सातौं सिजन फ्रेन्च कपको अन्तिम आठमा स्थान बनाएको हो । १३ औं मिनेटमा माउरो इकार्डीले  पिएसजीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टिमा गोल गरे ।

इन्जुरी समयमा एमबाप्पेले फेरि गोल गरेपछि पिएसजी फ्रेन्च कपको अन्तिम आठमा पुग्यो । एमबाप्पेले यो सिजन सवै प्रतिस्पर्धामा गरी २७ गोल गरिसकेका छन् । लिलका युसुफ याजिकीको पेनाल्टिी पिएसजी गोलकिपर नाभासले बचाएका थिए । माउरिसियो पोचेटिनोको टोली १४ औं फ्रेन्च कप जित्ने लक्ष्यमा छ ।

लिग वानमा भने लिल तालिकाको शीर्ष स्थानमा छ । उसले साविक विजेता  पिएसजीसँग स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।

ताजा खबर