म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

२०७७ चैत ४ बुधबार ११:०४:०० मा प्रकाशित

 काठमाडौं । म्यानचेस्टर सिटी बोरुसिया मोन्चेग्लाग्बालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको यो लगातार चौथो सिजन हो ।

इङलिस प्रिमियर लिग क्लब सिटीले जर्मन साइड मोन्चेग्लाग्बालाई समग्रम चार शून्यले पराजित गर्यो । गएराती घरेलु मैदानमा दोस्रो लेगका लागि उत्रँदा सिटी दुइ शून्यले अघि थियो । दोस्रो लेगमा पनि उसले दुइ शून्य गोलकै जीत हात पार्यो । १२ औं मिनेटमा केभिन डि ब्रुयनाले गोल गरे । उनले २० यार्डबाट बायाँ खुट्टाले सुन्दर गोल गरेका थिए । त्यसको ६ मिनेट पछि इल्काइ गुन्डवाले अग्रता दोब्बर पारे ।

इल्काइ जारी सिजन सिटीका उच्च गोल कर्ता हुन् । उनले सवै प्रतिस्पर्धामा गरी १५ गोल गरेका छन् । पहिलो गोलका लागि रियाद महरेज र दोस्रो गोलका लागि फि फोडनले पास उपलब्ध गराएका थिए । सिटले  पछिल्ला ३२ खेलमा मात्र एकमा हार बेहोरेको छ । पेप ग्वार्डिवालाको टोली एकै सिजन चार उपाधी जित्ने पहिलो इङलिस टिम बन्ने लक्ष्यमा छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको सिटी १४ अंकको अग्रता सहित तालिकाको शीर्ष स्थनमा छ । एफ ए कपको क्वाटरफाइनल र लिग कपको फाइनलमा पुगेको छ ।  

ताजा खबर