नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ चैत ४ बुधबार १०:२३:०० मा प्रकाशित

काठमाडाैंः मस्तिष्कघात भइ उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्टका प्रमुख सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी जोशीको अवस्था गम्भीर रहेको जानकारी दिएका हुन्।

उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार गरिएकाे छ। केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उनकाे अवस्थाबारे जानकारी गराएको हो।

केही दिनको उपचारपछि उनकाे अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ- “आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”।

फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो।

ताजा खबर