युएइका दुइ क्रिकेट खलाडीले आठ वर्ष क्रिकेट खेल्न नपाउने

२०७७ चैत ३ मंगलबार १९:३६:०० मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएइका दुइ क्रिकेट खलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले आठ वर्षको प्रतिबन्ध लगाएको छ । आइसीसीले भ्रष्टाचार विरुद्धको नियम उल्ङघन गरेको भन्दै मोहम्मद नाभिद र साइमन अनवरलाई सवै फरम्याटको क्रिकेटका गतिविधिमा सहभागी हुन नपाउने गरी आठ वर्ष प्रतिबन्ध लगाएको हो ।

आइसीसीको एन्टी करप्सन समितिले दुवैलाई दोषी पाएको हो । उनीहरुमाथिको प्रतिबन्ध सन् २०१९, अक्टोबर १६ देखिनै लागु हुनेछ । युएइमा २०१९ मा भएको आइसीसी पुरुष टि ट्वान्टी विश्वकप छनोटमा मिलेमतो गर्न खोजेको भन्दै साइमनल र नाभिदलाई आइसीसीले निलम्बन गरेको थियो । दुवैलाई सोधिएको लिखित र मौखिक स्पष्टिकरणमा दोषी पाइएपछि प्रतिबन्ध लगाइएको आइसीसीले जनाएको छ । 

ताजा खबर