थ्रि नेशन्स कपको खेलतालिका सार्वजनिक

२०७७ चैत ३ मंगलबार १९:२९:०० मा प्रकाशित

काठमाडौं । दशरथ रंगशालामा हुने थ्रि नेशन्स कपको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटवल संघले आज तीन देश सहभागी प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।

थ्रि नेशन्श मैत्रीपूर्ण खेलमा नेपाल, बंगलादेश र किर्गिस्तान बीच प्रतिस्पर्धा हुनेछ । २३ मार्च अर्थात् चैत दशमा हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश आमने सामने हुनेछन् । नेपालले आफ्नो पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग खेल्नेछ । बंगलादेशसँग १४ गते प्रतिस्पर्धा गर्नेछ । सवै खेल साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ । शीर्ष दुइ टिमबीच चैत १६ गते फाइनल खेल हुनेछ । 

फिफा विश्वकप छनोट अन्तर्गत चाइनीज ताइपेइ र अस्ट्रेलिया बीचको खेल कोरोना महामारीका कारण स्थगित भएपछि रंगशालामा थ्रि नेशन्स कप मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको हो । अब विश्वकप छनोटका खेल दशरथ रंगशालामा नभएर कुबेतमा हुने एशियाली फुटवल महासंघ एएफसीले जानकारी दिइसकेको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा हाल ३१ ख्ेलाडी छन् । यिनै खेलाडीबाट मैत्रीपूर्ण खेल खेल्ने टिमको घोषणा गरिनेछ । नेपाल र बंगलादेशको राष्ट्रिय टिमले खेल्ने छ भने किर्गिस्तानको अन्डर ट्वान्टी थ्रि टिम सहभागी हुने बताइएको छ ।  

ताजा खबर