तीन वर्षको अवार्ड एकैसाथ  

२०७४ मङ्सिर ६ बुधबार १९:०८:०० मा प्रकाशित

काठमाडौं, ६ मंसीर  । नेपाली चलचित्र समीक्षक समाज फिक्सनले तीन वर्षभित्र प्रदर्शनमा आएका चलचित्रहरु मध्यबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई अवार्ड वितरण गरेको छ  । 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा  २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो । 

‘सेतो सूर्य’ बाट दीपक रौनियारले निर्देशक, ‘कालोपोथी’ बाट  मीन भाम र अविनाश विक्रम शाहले पटकथा मा अवार्ड पाए ।  ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । 

त्यस्तै उत्कृष्ट अभिनेता चलचित्र  ‘जात्रा’ बाट विपिन कार्की र ‘पुरानो डुंगा’ बाट माओत्से गुरुङले पाएका छन् । चलचित्र ‘लभ सासा’ का लागि केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । 

२०७२ मा ‘पशुपतिप्रसाद’ ले उत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ भने ‘पशुपतिप्रसाद’ बाट दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड जिेतका छन् । 

चलचित्र कबड्डी कबड्डी’ का लागि शैलेन्द्र डी कार्कीले छायांकारको अवार्ड पाए भने  ‘क्लासिक’ बाट का सुरेन्द्र पौडेलले सम्पादनमा अर्वाड जिते ।

अभिनयतर्फ ‘फन्को’ बाट सौगात मल्लले र ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड पाएका थिए । 


 

ताजा खबर