नेपाल सुपर लिग: विशाल राई बने मार्की खेलाडी

२०७७ चैत २ सोमबार २१:१४:०० मा प्रकाशित

काठमाडौं । नेपाली फुटवलको फ्रेञ्चाइजी नेपाल सुपर लिग एनएसएलमा सहभागी सातमध्येको एक टोली धनगढी फुटवल क्लबले मार्की खेलाडी सार्वजनिक गरेको छ । धनगढीले संचारकर्मी माझ राष्टिय टोलीका मिडफिल्डर विशाल  राईलाई आफ्नो मार्की खेलाडी घोषणा गरेको हो ।

धनगढी मार्की खेलाडी सार्वजनिक गर्ने पहिलो फ्रेञ्चाइजी टोली हो । सवै टिमले एक एक जना मार्की खेलाडी राख्ने प्रावधान छ । धनगढीका मालिक गो ड्रिम्सका अध्यक्ष सुबास शाही र मार्की खेलाडी विशालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । धनगढीले अरु खेलाडी र विदेशी खेलाडी अनुबन्धन गर्ने प्रकृया पनि सुरु गरिसकेको बताएको छ । 

विशालले धनगढी टिमको योजना आफुलाई चित्त बुझ्दो भएकाले मार्की खेलाडी बन्न तयार रहेको उल्लेख गरे । सुबास शाहीले नेपाली क्रिकेटमा पनि फ्रेन्चाइजी लिग भित्र्याएका थिए । उनले धनगढी प्रिमियर लिग डिपिएल आयोजना गर्दै आएका छन् । फुटवलमा आउनुको अर्थ क्रिकेट नछोडेको पनि उनले प्रस्ट पारे । विशालले अरु टिमहरुबट प्रस्ताव आएपनि धनगढीले आफुलाई आकर्षित गरेको बताए । 

अखिल नेपाल फुटवल संघ एन्फाको प्राविधिक सहयोग र नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्टले आयोजना गर्ने एनसिएल आगामी बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुनेछ । लिगमा धनगढी सहित विराटनगर सिटी फुटवल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटवल क्लब, एएफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

को हुन विशाल  राई 
सन् २०१५ अगस्ट ३१ मा राष्टिय टिमबाट डेब्यु गरेका विशालले १९ खेल खेल्दै तीन गोल गरेका छन् । विशालले माल्दिभ्स, लाओस र फिलिपिन्स विरुद्ध गोल गरेका हुन् । राष्टिय टिमका लागि विशालले २०१६ मा बंगबन्धु गोल्डकप, १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधी जितेका छन् । उनले शहीद स्मारक ए डिभिजन लिगमा २०६६ ६७ को सिजनमा मच्छिन्द्र क्लब बाट डेब्यु गरेका थिए । २०७० र २०७५ मा मनाङ मस्र्याङदीबाट लिग जितेका थिए । अघिल्लो सिजन मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउन विशाल उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । २०७१ ७२ मा भएको राष्टिय लिगमा पनि उनी उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।

ताजा खबर