पहिलोपटक प्रदेशसभा को चुनाव लड्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ? 

नेपालको यो नयाँ संविधान जारी भएपछिको र सिंगो नेपालको इतिहासमा यो पहिलोपटक देशमा प्रदेशको संरचना निर्माण भएको छ । संविधान कार्यान्वयन गर्ने, राजनीतिलाई स्थायित्व दिने र देशलाई समृद्धिको बाटोतिर लैजाने काममा यो नयाँ संविधान कार्यान्वयन त्यति सहज छैन, चुनौतीपूर्ण छ । देशको लागि संघीयता कार्यान्वयन आफैंमा चुनौतीपूर्ण छ । संघीयताको कार्यान्वयनको क्रममा संघीयताको नामाकरण त्यसपछि संघको राजधानी तोक्ने लगावयतका धेरै महत्वपूर्ण चुनौती बाँकी छन् । जुन देशले ७० वर्षको राजनीतिक इतिहासमा एउटा आफ्नै केन्द्रीय संसद भवन आजसम्म बनाउन सकेको छैन । राणाले बनाएको नाटकघरमा बहुदल पनि त्यहि चल्यो र पञ्चायत पनि त्यहि चल्यो । ६०१ को ठूलो संसद संविधानसभा त्यहाँ नअटेपछि चाइनाले जनताका लागि बनाइदिएको कम्युनिटी हलमा संविधानसभा चल्यो । ७० वर्षमा देशको आफ्नै मन्त्रीपरिषद सचिवालय अहिलेसम्म बनाएको छैन ।

चन्द्र शम्शेरको सचिवालय

चन्द्रशम्शेरको दरवारमा मन्त्रीपरिषदको सचिवालय अहिलेसम्म चलेको छ । भूकम्पबाट भत्किएपछि बाहिर सरेको छ । अब सातवटा प्रदेशमा सातवटा संसद सचिवालय, संसद भवन, मुख्यमन्त्री निवास, कार्यालय यी सबै निर्माण गर्दै व्यवस्थापन गर्ने र संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थायित्व दिने काम अत्यन्त नै चुनौतीपूर्ण छ ।

 मलाई यही क्रममा पार्टीले प्रदेश सभामा पनि अलिकति सिनियर साथीहरु प्नि जानुपर्छ । प्रतिनिधि सभामा मात्रै गएर हुँदैन भनेर मलाई पार्टीले प्रदेशसभा निर्वाचनमा जानको लागि आदेश गर्यो । मैले त्यसलाई सिरोपर गर्दै काठमाडौं जिल्ला मुलुकै राजधानी । अहिले  प्रदेशको पनि राजधानी यही नै हो । प्रदेशको राजधानी तोकिएको छैन । काठमाडौं क्षेत्र नं २ प्रदेश क बाट म निर्वाचनमा उठेको छु । मैले झण्डै चारदशक लामो राजनीतिक यात्रा प्रजातान्त्रिक आन्दोलनको हरेक मोर्चामा अग्रणी भूमिका खेल्दै आएको हुँ । विगतमा पनि यसै क्षेत्रमा प्रतिनिधिसभामा मैले दुई पटक चुनाव लडेको छु । यद्यपी झिनो मतले म पराजित भएको थिएँ । मैले जनताबीचमा जान बिकास निर्माणका कामहरु इमानदारी साथ गर्ने प्रयास गरेको छु । यस हिसाबले म प्रदेशसभामा गएर प्रजातन्त्रवादी शक्ति कांग्रेसको आमजनताको प्रतिनिधित्व गर्दै त्यो संघीयतालाई कार्यान्वयन गर्ने र संघलाई व्यवस्थापन गर्ने काममा मेरो महत्वपूर्ण भूमिका हुनेछ । म त्यही जिम्मेवारी निर्वाह गर्न जनताको विश्वासको मत माग्न अहिले व्यस्त  छु । 

  प्रतिनिधि सभा उम्मेदवारसँगको सहकार्य कस्तो हुँदैछ ?

पार्टीको उम्मेदवार भएपछि त सहयोग नहुने प्रश्नै रहेन । ठूलो क्षेत्र भएको हुनाले प्रतिनिधि सभाको उम्मेदवारलाई समय व्यवस्थापन गर्न मलाई भन्दा अलि गाह्रो नै हुन्छ । मलाई सहज छ । हिजो मैले चुनाव लड्दै गर्दाको क्षेत्र भन्ने हो भने यो भन्दा डबल क्षेत्र थियो । अहिले त यति सनो दुइवटा वडा छ । अहिले भन्ने हो यो एमकिसिमले वडाअध्यक्ष लडेको जस्तै नै हो म प्रदेश सभामा चुनाव लडिरहेको अवस्था । म दुईवटा वडामा अत्यन्त सहजसँग आफ्नो चुनावी अभियानलाई  लिएर गएको छु । प्रदेश सभा ‘ख’ मा उम्मेदवार व्यस्त रहेकोले मैले उहाँको पनि प्रतिनिधित्व गरेर यहाँको कार्यक्रममा सरिक भएको छु भने धेरै जस्तो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार र म समन्वय गरेर प्रचार अभियानमा लागेका छौं ।

तपाईको चुनावी एजेण्डा के त ?

म जनताकाबीचमा गइरहँदा सबैभन्दा बढि चासो गृहिणीहरुको छ,त्यो भनेको उहाँहरुले उच्च महत्व दिएको बिषय हो पानीको सहज आपूर्ति । सबैको माग नै पानी हो । धारामा पानी आउँदैन आयो भने पनि निश्चित समयमा आउँदैन । कमसेकम हप्ताको दुई दिनसम्म पानी आउने हो भने समस्या केही हल हुन्थ्यो भन्ने सबैको माग छ । पानीसँग धुलो धँुवा काठमाडौंको अस्तव्यस्त र सार्वजनिक सुरक्षाको प्रश्न आम जताले उठाएका  छन् । बिशेष गरेर काठमाडौंको वडा नं ३२ मा लामो समयदेखि एयरपोर्ट बिस्तार गर्ने क्रममा जडिबुटि चोक देखि पेप्सीकोला चोकसम्मका त्यहाँ बसोबास गर्ने स्थानीयवासीहरुलाई उचित मुआब्जा दिएर अधिकरण गर्ने जुन सरकारको कार्यक्रम छ त्यो लामो समयदेखि ढिलासुस्ती हुँदै आएको छ । यसलाई जतिसक्दो छिटो समाधान गर्नुपर्ने छ ।

तपार्इँ राष्ट्रिय राजनीतिलाई नजिकबाट देखेको मान्छे बाम गठबन्धनको प्रभाव कस्तो देख्नुहुन्छ ? 

बाम गठबन्धनको हौवा जुन किसिमको उछालिएको छ यसको धरातल त्यति बलियो छैन । त्यसबेला त बाबुराम भट्टराई समेटेर तीनवटा पार्टी मिलेर बाम गठबन्धनको घोषणा गरिएको थियो । घोषणा भइरहँदाको जुन हौवा थियो त्यो हौवा बिस्तारै हावा फुस्केको भकुण्डो जस्तो हुँदै गएको छ । मैले बाम गठबन्धनको अवस्था यस्तो देखेको छु । बाम गठबन्धनबाट कांग्रेस तर्सनु पर्ने कुनै कारण म देख्दिन ।

उपत्यकामा कांग्रेसको कति सिट आउला त ?

मैले उपत्यकामा कांग्रेसको स्थिति कमजोर देखेको छैन । बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार उठेको ठाउँमा कांग्रेसले जित्ने सम्भावना प्रवल छ । किनभने भाँडाबाट खन्याए जसरी एमाले र माओवादी कित्ताको भोट ठ्याक्कै उनीहरुकोमा त खस्दैन । कांग्रेसले आफ्नो मात्रै भोट बचाउन सक्यो भने हामी धेरै बलियो छौं । सिंगो कांग्रेस एक भएर निर्वाचन अभियानमा लागिरहेको बेलामा मैले काठमाडौंमा प्रतिनिधि सभा १० सिटमा म १० वटै सिट जित्छ भनेर म भन्न सक्दिन किनभने एक सिट त हामीले राप्रपालाई छोडिसकेका छौं । अब ९ सिट हो त्यसमा कमसेकम पनि कांग्रेसले ७ सिटमा जित्ने अवस्था छ ।   
 

  

    

   

        


 

ताजा खबर