विराट कोहलीको नयाँ कीर्तिमान: टि ट्वान्टीमा तीन हजार रन पुरा गर्ने पहिलो पुरुष खेलाडी 

२०७७ चैत २ सोमबार १२:२५:०० मा प्रकाशित

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहली टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पुरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन् । उनले इङल्याण्ड विरुद्धको दोस्रो टि ट्वान्टीमा अविजीत ७३ रन जोड्दै यो सफलता हात पारेका हुन् । समग्रमा भने उनी तेस्रो खेलाडी हुन् । उनीभन्दा अघि महिला तर्फ न्युजील्याण्डकी सुजी बेट्स र वेस्ट इन्डिजकी स्टेफानी टेलरले मात्र तीन हजार रन पुरा गरेका छन् ।

पहिलो टि ट्वान्टी हारेको भारतले दोस्रो खेलमा भने इङल्याण्डलाई सात विकेटले पराजित गर्यो । यो सँगै  भारतले पाँच खेलको सिरिज एक एकको बराबरी गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जेसोन रोयले सर्वाधिक ४६, कप्तान इयोन मोर्गनले २८, डाविड मालान र बेन स्टोक्सले २४–२४ रन बनाए । जेनो ब्रेस्टोले २० रन जोडे । जस बटलरले भने खाता खोल्न सकेनन् । वासिङटन सुन्दर  र सर्दुल ठाकुरले २–२ विकेट लिए । भुवनेश्वर कुमार र युजवेन्द्र चाहलले एक एक विकेट बाडे । जवाफमा भारतले १७ दशमलब ५ ओभरमा तीन विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । 

ओपनर लोकेश राहुन पहिलो ओभरको अन्तिम वलमा शून्यमा आउट भएका थिए । तर विराट कोहली र इसान किशनले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । विराटले ४९ वलमा अविजीत ७३ रनको योगदान गरे । उनले ५ चौका र ३ छक्का हिर्काए । टि टवान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका किशनले  ३२ वलमा ५६ रनको पारी खेले । रिसव पन्तले  २६ रन बनाए । 

तेस्रो टि ट्वान्टी मंगलबार हुनेछ । 

ताजा खबर