इपिएल: आर्सनलसँग टोटेनहम पराजित

२०७७ चैत २ सोमबार ११:११:०० मा प्रकाशित

इङलिस प्रिमियर लिगमा आर्सनलले टोटेनहम माथि दुइ एक गोलको जीत हात पारेको छ । नर्थ लण्डन डर्बीमा घरेलु टोली आर्सनलले टोटेनहमको एक शून्यको अग्रता उल्ट्याएको  थियो । ३३ औं मिनेटमा टोटेनहमका एरिक लामेलाले राबोना गोल गर्दैै आर्सनलसँगको दूरी एक शून्यमा पुर्याएका थिए । 

राबोना गोल भनेको– एक खुट्टा क्रस गरेर गरिने गोल हो  । एक दर्शनीय गोल । लामेलाले सन हिउङ मिन चोटग्रस्त भएपछि मैदान प्रवेश गरेका थिए । तर आर्सनल खेलमा फर्कियो । ४४ औं मिनेटमा मार्टिन अडेगा र ६४ औं मिनेटमा अलेक्जान्द्रे लाकाजेटले पेनाल्टिमा गोल गरेका थिए । ७६ औं मिनेटमा लामेला दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम दश खेलाडीमा समेटिएको थियो । 

हारपछि टोटेनहमको प्रिमियर लिगको शीर्ष चारमा रहने लक्ष्यमा ठुलो धक्का लागेको छ । टोटेनहम २८ खेलबाट ४७ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । अनुशासनका कारण मुख्य स्ट्राइकर पियरे इम्रिके अबोमयाङलाई टिम बाहिर राखेको आर्सनल ४१ अंक सहित दशौं स्थानमा छ ।  


दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले भने वेस्टह्यामलाई एक शून्य गोलले पराजित गर्यो । युनाइटेड आत्मघाती गोलको संहारमा तीन अंक जोडन सफल भएको हो । ५३ औं मिनेटमा वेस्टह्यामका क्रेग डअसनले आफ्नै पोस्टमा गोल गरेका थिए । युनाइटेडको २९ खेलबाट ५७ अंक छ । 


शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अंक छ । लेस्टर सिटीले शेफिल्ड युनाइटेडको पोस्टमा पाँच गोल वर्षायो । उसका लागि खेलिची इहिनाचोले ह्याट्रिक गरे । लेस्टर तालिकाको तेस्रो स्थानमा छ ।    

ताजा खबर