नेपाल सुपर लिगका सात फ्रेञ्चाइजी टोलीको नाम सावर्जनिक

२०७७ चैत १ आइतबार १९:४९:०० मा प्रकाशित

काठमाडौं । नेपाली फुटवलको इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिगका सात फ्रेञ्चाइजी टोलीको नाम सावर्जनिक गरिएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले आईतबार पत्रकार सम्मेलन गर्दैै सात शहरमा आधारित टोलीको नाम र मालिक घोषणा गरेको हो । 

सहभागी टिममा बागमती प्रदेशका तीन, लुम्बिनी, प्रदेश एक, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक एक टोली छन् । बागमतीबाट ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, चितवन सिटी एफसी , गण्डकीबाट पोखरा थण्डर्स छन् । प्रदेश एकबाट विराटनगर सिटी फुटवल क्लब, लुम्बिनीबाट बुटवल लुम्बिनी एफसी र सुदूरपश्चिमबाट धनगढी फुटवल क्लबले सुपर लिगमा प्रतिनिधित्व गर्नेछन् ।  
 
ललितपुर टोलीको टिम भाटभटेनी सुपर मार्केटको स्वामित्वमा छ ।  यसको टिम मालिक कामना गुरुङ हुन् । काठमाडौं रेजर्स मोरङ अटो वक्र्सले लिएको छ । यसका मालिक चिरञ्जीवी शाह हुन् । चितवन आइएमी ग्रुपको हो र यसका मालिक हेमराज ढकाल र चन्द्र  ढकाल  रहेका छन् । लक्ष्मी ग्रुपको लगानीमा रहेको पोखराको टिम मालिक निराकार श्रेष्ठ हुन् । लुम्बिनीलाई चिलिमे हाइड्रोपावरले लिएको छ । टिम मालिकमा राजकुमार तिमिल्सिना हुन् । धनगढीको टिम मालिकमा सुबास शाही रहेका छन् । सुवास नेपाली खेलकुदमा परिचित नाम हो । नेपालमा क्रिकेटको फ्रेञ्चाइजी लिगको सुरुवात उनैले गरेका थिए । शाहीले धनगढी प्रिमियर लिग गराउँदै आएका छन् ।

चैतको पहिलो साता अक्सन गरिने बताइएको छ । सात शहरका सात टिमले बैशाख एघारदेखि २५ गते सम्म दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । 

ताजा खबर