इपिएलमा म्यानचेस्टर सिटीको अग्रता

२०७७ चैत १ आइतबार १२:०४:०० मा प्रकाशित

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १७ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीले गएराती भएको खेलमा फुलह्यामलाई तीन शून्य गोलले पराजित गर्यो । 

रेलिगेसन जोनमा रहेको फुलह्यामको मैदानमा सिटी पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफ सुरु भएको दुइ मिनेटमा सिटीले डेडलक तोड्यो । जोओ कान्सेलोको फ्रि किकमा जोन स्टोन्सले गोल गरेका थिए । ५६ औं मिनेटमा गाब्रिएल जेससले अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा सर्जियो अग्वेरोले पेनाल्टिमा गोल गरेपछि सिटी तीन शून्यले अघि रहेको थियो । 

घरेलु टोलीका टोसिन अडाराबायोले फेरान टोरेसलाई फाउल गरेपछि सिटीले पेनाल्टि पाएको थियो । जसलाई अग्वेरोले गोलमा परिणत गरे । योसँगै अर्जेन्टाइन स्ट्राइकर अग्वेरेले १४ महिना देखिको गोलको खडेरी पनि तोडेका छन् । पछिल्लो पटक उनले चार सय १७ दिन अघि अर्थात सन २०२० जनवरीमा शेफिल्ड युनाइटेड विरुद्ध गोल गरेका थिए । जीतपछि सिटीको ३० खेलबाट ७१ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ ।  उसले सिटी भन्दा दुइ खेल कम खेलेको छ । फुलह्याम भने रेलिगेसनको खतरामा छ । १८ औं स्थानमा रहेको उसको २९ खेलबाट २६ अंक छ ।

 प्रियिमर लिगका अन्य खेलमा चेल्सि लिड्स युनाइटेडसँग गोल रहित बराबरीमा रोकियो । बन्र्लीले एभर्टनसँग दुइ एकको हार बेहोर्दा क्रिस्टल प्यालेसले वेस्टब्रोम माथि एक शून्य गोलको जीत हात पार्यो । 

ताजा खबर