आयो सलमान र कट्रिनाको ‘स्वैग से स्वागत’

२०७४ मङ्सिर ६ बुधबार १५:२९:०० मा प्रकाशित

मुम्बई । सलमान खान तथा कैटरिना कैफ अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ को पहिलो गीत सार्वजनिक  भएको छ।

गीतमा कैटरिना सधै झै गल्यामरस देखिएकी छिन् भने सलमान बोल्ड अन्दाजमा देखिएका छन्। फिल्मको ‘स्वैग से करेङ्गे सबका स्वागत’ बोलको गीत सार्वजनिक भएको हो। करिब पाँच वर्ष लामो समयको अन्तराल पछि सलमान र कट्रिना फेरी एकसाथ पर्दामा आउँदैछन् । त्यसैले यो फिल्म दर्शकहरुका साथै सलमान र कट्रिनाको लागी पनि बिशेष हुनेछ ।

फिल्ममा इरशाद कामिलको गीतमा विशाल शेखरले संयुक्त संगीत दिएका  छन् ।  फिल्मका निर्देशक अलि अब्बास जफर हुन् भने यो २०१२ मा बनेको सलमान, कैटरिना अभिनित टाइगर जिन्दा हेको सिक्वल हो। 

यस गीतलाई ग्रीसको निकै रमाईलो गल्लीहरुमा छायाङकन गरिएको छ ।

ताजा खबर