लकडाउन पछिको मानसिक अवस्था

२०७७ फाल्गुण २८ शुक्रबार २१:०१:०० मा प्रकाशित


काठमाडौं । कोरोना महामारीको करिब १ वर्षको लकडाउनको समय सबै मानिसको लागि दुखद नै रह्यो । आइसोलेसन, जागिरबाट विमुख हुनु पर्ने अवस्था, बालबालिका हुर्काउने समस्याबाट विश्व चिन्तित नै रह्यो । आजको समय त्यही असजिला चुनौतिको पूर्ती गर्न व्यतित रहेको भान हुन्छ ।

शारिरीक तनाव र महामारीले ल्याएको विश्वव्यापी सर्वनासले अप्रत्यासित रुपमा मानिस असहज परिस्थितीबाट गुज्रेको छ । धेरै मानिसहरुले आफ्ना छरछिमेक, इष्टमित्र गुमाएका छन् भने उत्तिकै मात्रामा भावानात्मक असर भोगिरहेका छन् पनि ! त्यसैपनि पछिल्लो समयमा महामारिको लकडाउनको कारण दुःख,  आइसोलेसन, तलब र जागिरको असुरक्षाको कारण हैरानी भोग्नुपरेको छदैछ ।

हामी कहाँ छौं ?
हाम्रो अहिले यात्रा मानसिक स्वास्थ्य संवर्दन तर्फ केन्द्रित रहेको छ । अहिलेको यात्रा हाम्रो जोसुकैको लागि अरुलाई आकर्षित गर्न प्राथमिक प्रभाव पार्ने तर्फ इंगित रहेको हो ।

अमेरिकी वैज्ञानिकहरु यो वर्ष अविसादको वर्षको रुपमा लिने गर्छन । उनीहरुको अनुसन्धानमा ४२% मानिस अमेरिकामा अविसाद र विभिन्न समस्याहरुबाट ग्रसित हुनुप¥यो । 

बेलायतबाट प्रकाशित हुने नेचर जर्नलमा ९% मानिसमा अवसाद चुलिएको नतिजा सार्वजनिक भएको  उदाहरण पेश गरिएको छ ।

अर्को एक अध्ययन अनुसार अमेरिका, बेलायत, अष्ट्रलिया र क्यानडामा १४% तनावका श्रृङ्खला महामारीको कारण देखिएको बताइएको छ ।

अध्ययनमा बताइएको छ कि त्यहाँ अरु अल्पसंख्यक समूह भन्दा वयस्क मानिस ले समस्याका कारण प्रताडित हुनु परेको थियो ।

जब मानिसहरुले कारोना विरुद्वको भ्याक्सिनको खबर सुन्न पाए तब मात्र उनीहरुको होस खुल्यो र नव जीवन पाए सरह भयो ।

त्यसो त एक्लो भएर सामाजिक वन्धनका बावजुत क्वारेन्टाइन र तनावका वीच महिनौं समय विताउनु मानिसको लागि अप्रत्यासित कठोरता नै हो ।

त्यसो भइँिददा मानिसमा मानसिक तनाव हुने गर्छ । रातमा निन्द्रा लाग्दैन । विहान मात्र गहिरो निन्द्रामा परिन्छ । यो सबै जर्नल नेचरमा प्रकाशित प्रामाणिक तथ्यहरु हुन् जुन महामारीको क्रममा सबैले भोग्नुपरेको थियो ।

आइसोलेन, एक्लोपना र असर
अवसाद र यसका असर अप्रत्यासित कुरो अचानक भइदियो जब विश्वभर महामारीको प्रकोप फैलियो । एक्लोपना, अवसाद, चोट र आइसोलेसन हामीलाई लकडाउनले श्रृजित गराएको परिस्थति थियो ।

स्वास्थ्य समस्या, आम्दानी र पारिवारीक समस्या त छदैँ थियो कम आम्दानी, विदेशीएका यूवा, रोग र उनीहरुको दुःख सामान्य परिस्थीति पक्कै थिएन । के–गर्ने नगर्ने सबै अताल्एिका थिए भने स्वास्थ्य समस्या र रोगको पहिचान हुन नसक्दा सबै अतालिएका थिए पनि ।

मानिसहरुलाई कामको चटारो पनि त थियो अफिसमा हुने वर्नआउटको समस्या सम्झन लायक थियो ।

परिवर्तनको समय
समयले अलिकति फड्को मारेको छ । मानिसहरु वास्तवमा यथार्थता स्विकारर्न थालेका छन् । लकडाउनले दिएका भोगाइ यस्तै यस्तै हुन् । मानव जीवनका छाल र परिवर्तनहरु यस्तै यस्तै हुन् ।

तर पनि स्वास्थ्य समस्याका रुटिनमा भएका सकारात्मक परिवर्तनले मानिसको दैनिक समय र खानकीको समस्या चाहिँ टाढा भगाइदिएको छ पक्कै पनि !

लकडाउनमा आएका हैरानि र मानसिक तनावले मानिसलाई अहिले जीवनमा नयाँ आशा र भविष्यको चुनौति प्रति सजगता थपिदिएको छ ।

विश्लेषकहरुको तर्क छ लकडाउन निश्चित समयको लागि आएको थियो भने कोभिड–१९ महामारी एक संकट नै हो ।
एउटा कहानी छ मानिसको दिमाग नै ठीक नभए अरु के गर्ने हो । लकडाउनका असर मानिसमा त्यस्तै किसिमको थियो भनिएको हो ।

क–कसैको लागि सकारात्मक, कसैका लागि अप्रत्यासिलो
कोही मानिसले लकडाउनको समयमा सक्दो फाइदा लिए । रिसर्चले पत्ता लगाएको कुरा अनुसार उनीहरुमा सकारात्मक असर रह्यो । एक वैज्ञानिक रिपोर्टले गरेको सार्वजनिक अध्ययन अनुरुप ८८.७ प्रतिशत मानिस सामाजिक वाधा व्यवधानको चपेटामा परेको बताइएको छ ।

मानिसहरु सुखी त थिए नै भविष्यमा के हुने हो अवाक भएका थिए । मानवीय संवेदना कुण्ठित भएको बेला मानसिक स्वास्थ्य कमजोर हुनु अप्रत्याशित भने पक्कै होइन । लकडाउनको बेला सुत्नु मात्र एक सामाजिक हैसियत थियो ।
पारिवारीक स्वास्थ्य, व्यायाम, मानसिक तथा शारीरिक स्फूर्ति र शान्ति एक लहर बनेको थियो जुन कोरोना महामारीको लकडाउनले विश्वभर सबै मानिसलाई सिकायो । 
(श्रोतः मेडिकल न्युज टुडे)  

 
 

ताजा खबर