४५ मिनेट सम्झाएपछि राजा ज्ञानेन्द्र दरबार छोड्न तयार भए

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र त्यसबेलाका बिद्रोही माओवादीका नेता प्रचण्डबीच हस्ताक्षर भएको आज मंसीर ५ मा ११ वर्ष पुरा भएको छ । आजबाट १२ औं वर्ष लाग्यो, अझै पनि शान्ति प्रक्रियासँग जोडिएका केही काम टुंग्याउन बाँकी नै छ । खास गरेर द्धन्द्ध पीडितलाई न्याय दिने कार्य पुरा भएको छैन । त्यसका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ताको छानविन आयोग अहिलेसम्म क्रियाशिल छन् । अझै पनि ती दुइवटै आयोगहरुलाई आफ्नो कार्यभार टुंग्याउन अझै एक दुई वर्ष लाग्ने देखिएको छ ।

दोस्रो पक्ष

राजनीतिक पक्ष भने पुरा भएको छ । त्यो भनेको १२ बूँंदे समझदारी पछि नयाँ ढंगले बिकसित भयो । त्यसको एउटा लक्ष्य जनताको निर्वाचित संस्था संविधानबाट संविधान बनाउने हो । पहिलो संविधानसभामा यसले सफलता हासिल गर्न नसके पनि दोस्रो संविधानसभाबाट यो कार्यवाहक पुरा भएको छ । नयाँँ संविधान बिमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थाको निर्वाचन भइरहेको छ । यो निर्वाचन नेपालको राजनीतिमा नितान्त नयाँ छ । संघिय व्यवस्था पहिलोपटक नेपालमा लागु हुँदैछ । तीन तह व्यवस्थापिका र सरकारको जुन व्यवस्था छ नेपालमा नितान्त नयाँँ शुरुवात हो । स्थानीय तह सम्पन्न भयो र प्रदेश र केन्द्रको एकैचोटि निर्वाचन हुँदैछ । पहिलो चरणमा १० गते हुँदैछ । दोस्रो चरणको २१ ग्ते हुँदैछ । यो निर्वाचन विगतका निर्वाचनहरु भन्दा एकदमै फरक छ । दुईवटा निर्वाचनहरु संविधान बनाउनका लागि थियो भने यो निर्वाचन चाहि बनेको संविधानको कार्यान्वयनका लागि छ । त्यसैले राजनीतिक दलहरुले दलका नेताहरुले आफ्ना घोषणापत्रहरु आफनो नीति कार्यक्रमहरु जुन दिएका छन् त्यो विगतको भन्दा फरक छ । विगतमा संविधान बनाउने कुरामा होडबाजी थियो भने अहिले देशलाई आर्थिक प्रगति र सम्मृद्धिको बाटोमा बढाउने होडबाजी छ । यो एउटा नेपालको राजनीतिमा एकदमै सकारात्मक पक्ष हो र आम जनताको यसमा धेरै उत्सुकता देखिएको छ । जनताको पक्षमा यो सिंगो नेपालका लागि उत्साहवध्र्दक कुरा हो ।

राजतन्त्रवादीको सदाका लागि विदाई

मेरो आफ्नो मूल्यांकनमा नेपाली जनता मतदाताहरु धेरै लामो संघर्ष बलिदान र क्रान्तिबाट जनआन्दोलनबाट जुन परिवर्तन आएको छ त्यसको पक्षमा देखिएका छन् । नेपालमा २००७ सालको क्रान्तिले एउटा मौलिक परिवर्तन ल्यायो बीचमा पञ्चायतले त्यसलाई अपहरण गर्यो । फेरी २०४६ सालको आन्दोलनले पूर्ण बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्यो । ६२÷६३ को आन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरेर गणतन्त्र बहाली गर्यो । गणतन्त्रसँग जोडिएर जनताका थप अधिकारहरु आए । संघीयता, समावेशी सहभागिता आदि । यो परिवर्तनबाट जनता जसरी राजनीतिक अधिकार सम्पन्न भएका छन् यसैको माध्यमबाट देश बिकास गर्न चाहन्छ । तथापी अहिले पनि परिवर्तनलाई आत्मसाथ नगर्नेहरु पनि निर्वाचनको मैदानमा देखिएका छन् । मैरे निर्वाचन ३ नम्बर क्षेत्र झापामा अहिले पनि राजतन्त्र चाहिन्छ भन्ने पार्टी त्यसका उम्मेदवार मुल प्रतिस्पर्धीको रुपमा उभिएका छन् । मेरो दृष्टिमा यो निर्वाचन एउटा अवसर पनि हो, कि राजा चाहिन्छ भन्नेहरुलाई सदाका लागि अन्त्य गर्ने ।

बाम गठबन्धनको हैसियत थाहा हुँदै जाला

एमाले र माओवादीका नेताहरुले राप्रपाका उम्मेदवारलाई समर्थन गरेका हुन या होइनन् भविष्यले बताउला । तर दावा गरिएको छ कि उहाँहरुको सर्मथन छ । मैले यो कुरा आफ्नो निर्वाचन क्षेत्रमा कसरी उठाएको छु भने झापाको ३ नम्बर क्षेत्र नेपालको जनआन्दोलनलाई उत्कर्षतिर पुर्याउने उद्गमस्थल हो । बिद्यार्थीहरुले पञ्चायती पुत्ला जलाउँदा २०४६ सालको जनआन्दोलनमा चैत्र १४ गते मेची बहुमुखी क्याम्पसको हाताभित्र राम थापा मारिए । त्यसको दुई हप्ता नबित्दै बहुदल घोषणा भएको छ । २०७२÷६३ को आन्दोलनमा झापामा बैशाख ६ गते शान्तीपूर्ण आन्दोलनमाथि सेना लगाएर गोली चलाइयो र नेबिसंघका एकजना राजन गिरी र एमालेसँग नजिक रहेका सुरज बिश्वास श्रमिक कार्यकर्ता थिए । भद्रपुरका यी दुई भाइले शहादत प्राप्त गरे र सयौं मान्छे घाइते भए । कतिजना त अहिले पनि अपाङग नै छन् । त्यहिंनेर तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र मावोवादी अध्यक्ष प्रचण्ड र त्यसबेला मधेश लोकतान्त्रिक फोरमका नेता विजय गच्छदार र म समेत एउटै प्लेनमा गयौं । त्यहाँ हाम्रा नेता गिरिजाप्रसाद कोइरालको नाममा स्मृति भवन सिलान्यास गरिएको छ । त्यो जनआन्दोलनको सम्मानमा स्थापना गरिएको भवन हो । जनआन्दोलन ताका गिरिजाप्रसाद कोइरालालाई सबै पार्टीले नेता मानेका थिए र उहाँ दिवंगत भइसकेपछि त्यहि रगत पुछिएको ठाउँमा गणतन्त्रको आन्दोलनलाई सम्मान गर्दै गिरिजाप्रसाद कोइरालाको नाममा सभागृह बन्दै छ । जुन पूर्वाञ्चल कै सबैभन्दा ठूलो सभागृह हो । सरकारको मताहतमा रहनेगरी अहिले निर्माणाधिन अवस्थामा छ । बैशाख ६ गतेको आन्दोलनमा जो मारिए त्यसको हप्ता दिनमा राजा ज्ञानेन्द्रले आन्दोलनका सामु समर्पण गरेका छन् । बैशाख १३ गते उनको विज्ञप्ती आएको छ र निरंकुश राजतन्त्रको अन्त्य भएको छ । त्यो घटनाबाट गणतन्त्रमा पुग्ने एउटा मार्गप्रशस्त भएको छ ।

झापा ३ को सन्दर्भ

झापा क्षेत्र नं ३ जहाँबाट म अहिले उम्मेदवार बनेको छु । २०४६ सालको जनआन्दोलनमा मेरो जिल्लास्तरिय भूमिका थियो, आन्दोलनलाई माथि उठाउन । २०६२ र ०६३ को आन्लदोलनमा आइपुग्दा मेरो भूमिका केन्द्रीय स्तरमा रहयो । १२ बुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा आउँदा मेरो भूमिका केन्द्रीय स्तरमै थियो। यी दुवै आन्दोलनमा म जोडिएको छु । यी दुवै आन्दोलन मेरै घर आँगनमा भएका हुन्। मेरो घर झापाको सदरमुकाम चन्द्रगढीमा हो । त्यसैले आन्दोलनको भावनालाई छोडेर प्रतिगमनको धारमा, परिवर्तन बिरोधी धारमा रहेको व्यक्तिलाई बोक्नु र बोक्न खोज्नु नेपाली जनताको लागि किमार्थ उचित होइन। मैले एउटा प्रश्न उठाउने गरेको छु, हरेक पार्टीका कार्यकर्तामा स्वभिमान जाग्नु पर्छ । स्वभिमानविहिन कार्यकर्ताले न स्वाधिनताको रक्षा गर्न सक्छ, न पार्टीको बैचारिक र सैद्धान्तिक धारलाई निरन्तरता दिन सक्छ । म मेरै निर्वाचन क्षेत्रमा सीमित भएर भन्न चाहन्छु । झापा ३ का मतदाता जसले हिजो जो सुकैलाई मतदान गर्ने किन नहोस, आजका दिनमा परिवर्तनका पक्षमा जनआन्दोलनको पक्षमा सोही अनुकुल नेपालको भावनालाई अघि बढाउनु पर्छ भन्ने पक्षमा छु ।

‘माओवादीको सवारी मन्त्री’

मलाई संसद भित्रै माओवादीको सवारी मन्त्री भनेर आलोचना पनि गरियो । अनेक आरोप र प्रत्यारोपका बाबजुद म आफ्नो गन्तव्यबाट बिचलित नभइकन मैले राजनीति गरेकै हो । मलाई थाहा थियो जवसम्म यहाँ राजतन्त्र रहन्थ्यो तवसमम्म यहाँ षड्यन्त्र चलिरहन्थ्यो लोकतन्त्र र जनताको अधिकारका बिरुद्धमा । त्यसैले होसियारीपूर्वक काम गर्नु पर्छ र संयम र धैर्य अपनाउनु पर्छ भनेर मैले काम गर्दै आएको  छु । अन्तत हामी गणतन्त्रमा पुग्यौं । संविधानसभाको पहिलो निर्वाचनमा म पराजित भए पनि क्याविनेटमा म थिएँ ।

 ज्ञानेन्द्रको विदाई यसरी भयो

प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा संसदमा गणतन्त्रको प्रस्ताव गृहमन्त्रीको हैसियतले मैले प्रस्तुत गरें र त्यो प्रस्ताव पारित भयो । राजा ज्ञानेन्द्रलाई बिदा गर्न पनि प्रधानमन्त्रीको हैसियतले म आफंै गएँ । करिब ४५ मिनेटसम्म उहाँलाई सम्झाएपछि उहाँ दरवारबाट बाहिर जानुभयो । मलाई के लाग्छ भने नेपालको राजनीतिमा दश वर्षमा दुइवटा अत्यन्त महत्वपूर्ण कार्यभार पुरा भएको छ । सबै राजनीतिक दलहरुको सक्रियताबाट त्यसमा मेरो केन्द्रवृतबाट अत्यन्त महत्वपूर्ण भूमिका रह्यो । शान्तिवहाली गर्ने र देशलाई गणतन्त्रमा पुर्याउन मेरो अत्यन्तै महत्वपूर्ण भूमिका रह्यो । यी दुवै कार्यका लागि गठित दुई आयोगले आफ्नो काम गर्न सकेका छैनन् । यसको लागि मेरो भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ । दुईवटै आयोगका निष्कर्ष आउँदा द्वन्द्वपीडितले न्याय पाएको देखिनुपर्छ । कहिल्यै पनि समाजमा हिंसा नहुनेगरी वदला वा शत्रुताको भाव अन्त्य हुनेगरी सामाजिक एकता र मेलमिलाप पनि कायम हुनुपर्छ । जे समझदारीबाट हामीले शान्ति प्र्रक्रियालाई अघि बढायौं । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सातदलको हैसियतले उहाँले हस्ताक्षर गर्नुभयो र विद्रोही नेता प्रचण्डले हस्ताक्षर गर्नुभयो । त्यसलाई हामीले जे जे समझदारीबाट गरिएको छ सात दल र माओवादीको बीचमा त्यसलाई इमान्दारीका साथ तार्किक निष्कर्षमा पुर्याउनु पर्छ । त्यसकारणले पनि म संसद आउनैपर्छ । आजको दिनमा पनि यो मेरो प्रस्ट दावी छ ।

झापाको बिकास निर्माणमा भूमिका

निर्वाचनमा जितेर आइसकेपछि यो पटक मात्रै मैले आफ्नो कार्यकाल पुरा गरेको छु । मैले यो पटक चार बर्षे कार्यकाल पुरा गरें । यो चार वर्ष पुरा गर्दा संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका रहेको छ । मेरो निर्वाचन क्षेत्रमा साढे तीन अर्ब रुपैयाँ भन्दा बढी बजेट छुट्याइएका बहुबर्षिय आयोजनाहरु संचालित छन् । अहिले चारआली देखि केचनासम्मको वाटो निर्माण गर्न करिव एक अर्बको बजेट छुट्याइएको छ । भद्रपुरबाट भारततर्फ जाने मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भद्रपुरदेखि राजगढसम्मको हुलाकी राजमार्ग निर्माण भइरहेको छ । त्यो यही आर्थिक बर्षमा सम्पन्न हुनेछ । हरेक गाउँमा खानेपानी र स्वास्थ्यका ठूला ठूला आयोजनाहरु बनिरहेका छन् । तीनवटा भवन मैले आफैं उद्घाटन गरिसकेको छु ।

मेची अस्पताल मेडिकल कलेज बन्दै

मेची अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने भनेर एउटा कार्ययोजना हामीले अघि सारेका छौं । भर्खरै मात्र २० करोडको भवन बनाउने भनेर  सम्झौता भएको छ  करिब साढे तीन अर्वका बहुवर्षीय आययोजनाहरु यहाँ अहिले निमार्णाधिन अवस्थामा छन् । त्यसैले मैले कार्यकाल पुरा गर्नुभन्दा अघि   प्रत्यक्ष अप्रत्यक्ष राजा ज्ञानेन्द्रको चार वर्षीय निरंकुश शासन चलेकै हो । एक पटक प्रधानमन्त्रीको मनोनित प्रथा ल्याएर र अर्कोपटक राजा आफैं प्रधानमन्त्रीको कुर्सीमा बसेर ।  यो कार्यकालमा झापामा एक करोडको भवन बन्यो भनेर कसैले देखाइदियो भने उसलाई सलाम गर्न सकिन्थ्यो । तर केही पनि देखिदैनथ्यो ।  ज्ञानेन्द्रको शासनकालमा त हामी सबै थुनामा थियौं कोही भूमिगत थियौं । राजालाई विकास निर्माण गर्न त कसले रोक्थ्यो र । जति गरे नि हुन्थ्यो नि ! 

त्यसैले निस्कर्षमा भन्न चाहन्छु जनआन्दोलनको मर्म र भावना बमोजिम देशको राजनीति बिकसित  गर्न र आएको परिवर्तनलाई अझ सदृढित गर्न संबैधानिक व्यवस्थालाई अझ परिमार्जन गर्दै यसलाई द्रुत गतिबाट अगाडि बढाउन र यसको माध्यमबाट बिकास गर्ने मूल लक्ष्य छ । त्यसैले आम नेपाली जनताको जुन परिवर्तनको पक्षमा मत छ त्यसलाई दुरुपयोग गर्ने जुन प्रयाश भैरहेको छ त्यसबाट जनतालाई जोगाउनुपर्छ  । गलत प्रचारबाजी गरेर जनतालाई भ्रमित गर्ने काम मेरो निर्वाचन क्षेत्रमा भैरहेको मैले पाएको छु । यसलाई हामीले रोक्न सक्नपर्छ र परिवर्तन,क्रान्ति, संर्घष र जनआन्दोलनको पक्षमा जनमत निर्माण गर्न सक्नुपर्छ ।  अहिले मलाई विश्वास भएको छ कि यो मंसीर २१ गतेसम्ममा मेरो पक्षमा ठूलो जनमत उठ्छ । झापा ३ का मतदाताले संसदमा मेरो भूमिका आवश्यक छ भन्ने महसुस गरेर मलाई त्यहाँ पठाउन निर्वाचित गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

(बृहत् शान्ति सम्झौताको पूर्वतयारी र पछि भएका सबैजसो राजनीतिक घटनामा सक्रिय रुपमा संलग्न नेपाली कांग्रेसका नेता सिटौलाले मंसीर ५ गते शान्ति सम्झौताको ११ वर्ष पूरा भएको सन्दर्भमा संवाददाताहरुसँग व्यक्त गरेका बिचारको सम्पादित पूर्ण विवरण)

ताजा खबर