शिक्षकसँग विवाह गरिन् विश्वकै धनि जेफ बेजाेसकी पूर्व श्रीमतीले

एजेन्सीः संसारकै धनि जेफ बेजाेसकी पूर्व श्रीमती मकेन्जी स्कटले विवाह गरेकी छिन्। सन् २०१९ मा जेफ बेजाेससँग सम्बन्ध विच्छेद गरेकी स्कटले एक शिक्षक ड्यान जेवेटसँग विवाह गरेकी हुन्।
आइतबार वाल स्ट्रिट जर्नलले उनकाे विवाहकाे खबर सार्वजनिक गरेकाे हाे। बेजाेससँग सम्बन्ध विच्छेद गरेकी स्कटले क्षतिपूर्ति स्वरुप अमेजन कम्पनीकाे झण्डै एक चाैथाइ शेयर प्राप्त गरेकी थिइन्।
शेयर हाेल्डर भएपछि स्कट विश्वकै धनिहरूकाे सूचीमा समेत परेकी थिइन्। फाेर्ब्सका अनुसार स्कटकाे सम्पत्ति ५३ बिलियन अमेरिकी डलर रहेकाे छ।
स्कट आफ्नाे अधिकांश सम्पत्ति च्यारिटी र दानमै खर्च गर्छिन्। गत डिसेम्बरमामात्रै विभिन्न तीन सय ८४ संघसंस्ठालाई उनले ४.२ बिलियन अमेरिकी डलर दान गरेकी थिइन्।
विवाहबारे स्कटका श्रीमान ड्यान जेवेटले खुलासा गर्दै आफू सबैभन्दा दयावान र उदार व्यक्तिसँग वैवाहिक सम्बन्धमा रहेकाे बताएका छन्।
स्कट हाल अमेरिकाकाे सियाटलमा आफ्ना ४ सन्तान र श्रीमान् ड्यानसँग बस्ने गरेकी छिन्।