मेलम्चीकाे पानी आज सुन्दरीजल आइपुग्ने

२०७७ फाल्गुण २२ शनिबार ०९:५९:०० मा प्रकाशित

काठमाडाैंः राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयाेजनाकाे पानी झण्डै अढाइ दशकपछि काठमाण्डाैं आउने भएकाे छ। सुन्दरीजल प्रसाेधन केन्द्रमा मेलम्ची खानेपानी आयाेजनाकाे पानी आज शनिबार आउने भएकाे छ। 

गत फागुन १० मा मेल्मची खाेलाकाे पानी सुरुङमार्फत सुन्दरीजल पठाइएकाे थियाे। आज १२ दिनपछि पानी काठमाडाैं आइपुगेकाे हाे। 

यद्यपि याे पानी पिउन याेग्य भने हुने छैन। करिब दुई महिना परिक्षण गरेर मात्र पिउन याेग्य पानी वितरण गरिने आयाेजनाले बताएकाे छ। 

हाल सुरुङबाट आएकाे पानी बागमतीमा खसालिने छ। साेही कारण आयाेजनाले बागमती खाेलाकाे सतह बढ्ने भएकाले सतर्क रहन समेत भनेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ बजे आयाेजनाकाे प्रसाेधन केन्द्रमा खसालिएकाे पानीकाे निरीक्षण गर्न सुन्दरीजलमा जाने भएका छन्। 

मेलम्ची खानेपानी आयाेजना मार्फत दैनिक १७ कराेड लिटर पानी उपत्यका भित्रिने छ। यद्यपि पछिल्लाे समय गरिएकाे अध्ययनअनुसार माग भने दैनिक ४३ कराेड लिटर रहेकाे छ। काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले दैनिक ८ कराेड लिटरमात्र उपलब्ध गराएकाले उपत्यकाकाे जनजीवन कष्टकर भइरहँदा थपिने १७ कराेड लिटर धेरै हदसम्म सहज हुने विश्वास गरिएकाे छ। 

ताजा खबर