विप्लव समूह र सरकारबीचकाे बालुवाटारमा भएकाे भेट (तस्बिर)

२०७७ फाल्गुण २१ शुक्रबार १५:२१:०० मा प्रकाशित

काठमाडाैंः नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहबीच तीन बुँदे सम्झाैता भएपश्चात दुई वर्षदेखि भूमिगत भएका नेत्र विक्रम चन्द सार्वजनिक भए। हिंसात्मक गतिविधि त्याग्दै मूलधार र शान्तिपूर्ण राजनितिमा आउने प्रतिवद्धतासँगै नेपाल सरकार र विप्लव समूहबीच राष्ट्रिय सभा गृहमा आयाेजित विशेष समाराेहमा तीन बुँदे सहमतिमा हस्ताक्षरसमेत भएकाे छ।

आज बिहान नवलपरासीमा देखिएका विप्लव, सरकारले पठाउन खाेजेकाे हेलिकप्टरमा नआइ गाडीबाट दिउँसाे करिब १२ बजे काठमाडाैं प्रवेश गरेका थिए। उनी काठमाडाैं प्रवेश गर्नसाथ प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए।

विप्लव र प्रधानमन्त्री ओलीबीचकाे बालुवाटारमा भएकाे भेटघाटकाे तस्बिर यस्ताे छः

ताजा खबर