पाकिस्तानमा खेल्न चार नेपाली महिला फुटबल खेलाडी भोलि जाने

२०७७ फाल्गुण १९ बुधबार ११:११:०० मा प्रकाशित

 काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका चार सदस्यले पाकिस्तानी लिग खेल्ने भएका छन् । मिडफिल्डर, सरु लिम्बु, स्ट्राइकर अनिता केसी, डिफेन्डर गीता राना र गोलकिपर एन्जिला तुम्बापोले पाकिस्तानको महिला लिग खेल्ने भएका हुन् ।

 चारै जना एपीएफ क्लब बाट खेल्नछन् । माघ सात देखि फागुन सातसम्म चलेको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका कारण पाकिस्तानको मासा युनाइटेड एफसीले उनीहरुलाई बोलाएको हो । लिगमा मिडफिल्डर सरु लिगमा सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । चारै जनाले एउटै क्लब मासाबाट खेल्नेछन् । पाकिस्तानी महिला लिग मार्च आठबाट सुरु हुनेछ । 

सवैले लिग खेल्न जानका लागि  एन्फा र एपीएफ दुवैबाट अनुमति पाइसकेका छन् । उनीहरु विहीबार पाकिस्तान जानेछन् । पारिश्रमिकबारे भने केही खुलाईएको छैन । चारैजना पहिलो पटक विदेशी लिग खेल्दैछन् । यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतको महिला लिग खेलेका थिए । (तस्बिर सौजन्य: हाम्रो खेलकूद डटकम)

ताजा खबर