पूर्व मिस नेपाल शृङ्खला खतिवडा हावर्ड विश्वविद्यालय भर्ना

२०७७ फाल्गुण १९ बुधबार ०९:३२:०० मा प्रकाशित

काठमाडौंः पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हावर्ड मा भर्ना भएकी छिन्। स्नातकोत्तर अध्ययनका लागि शृङ्खला हावर्ड मा भर्ना भएकी हुन्।

शृङ्खलाले त्यहाँ शहरी योजना विषयको अध्ययन गर्नेछिन्।

हावर्ड मा अध्ययन गर्न पाउनु आफ्ना लागि हालसम्मकै खुशिको कुरा भएको शृङ्खलाले सामाजिक संजालमार्फत बताएकी छिन्। आफ्नो इन्स्टाग्राममार्फत हावर्डमा भर्ना भएको खुसी साटेकी शृङ्खलालाई मिस नेपाल आयोजक संस्था ’द हिडन ट्रेजर’, पूर्व मिस नेपाल निकिता चण्डकलगायतले बधाई दिएका छन्। 

शृङ्खला पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हुन्।

ताजा खबर