अभागी स्ट्राइकर ज्लाटन इब्राहिमोभिच

२०७७ फाल्गुण १८ मंगलबार ११:४०:०० मा प्रकाशित

 इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेड विरुद्धको युरोपा लिग गुमाउने भएका छन् । ३९ वर्षिय इब्राहिमोभिच चोटका कारण तीन साता मैदान बाहिर हुने भएपछि युनाइटेडसँगको भेट तत्कालका लागि  टरेको हो । 

ज्लाटनलाई बाया थाइमा चोट लागेको क्लबले जनाएको छ । गत आइतबार सिरी या अन्तर्गत रोमा विरुद्धको खेलमा इब्राहिमोभिच ५६ औं मिनेटमा मैदान बाहिरएका थिए । युरोपा लिगको पहिलो लेग मार्च ११ र दोस्रो लेग मार्च १८ मा हुनेछ । युरोपा लिगको अन्तिम १६ मा एसी मिलान र युनाइटेड भिड्ने भएपछि समर्थक उत्साहित बनेका थिए । 

स्विडिस स्ट्राइकर इब्राहिमोभिचले युनाइटेडका लागि ५३ खेल खेल्दै २९ गोल गरेका थिए । उनले सन् २०१७ मा युनाइटेड बाट युरोपा लिग पनि जितेका थिए । 

ताजा खबर