एभर्टनका प्रशिक्षकको इङलिस प्रिमियर लिगको शीर्ष चारमा चाहना 

२०७७ फाल्गुण १८ मंगलबार ११:३७:०० मा प्रकाशित

एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले इङलिस प्रिमियर लिगको शीर्ष चारमा पुगेको खुशी अनुभव गर्न चाहेको प्रतिकृया दिएका छन् । एभर्टनले गएराती भएको प्रिमियर लिगको खेलमा साउथह्याम्पटन माथि एक शून्य गोलको जीत हात पारेपछि प्रशिक्षक एन्सेलोटोको यो भनाइ आएको हो ।

जीतपछि एभर्टनले शीर्ष चारमा रहँदै युरोपियन प्रतिस्पर्धामा छनोट हुने संभावना पनि जिवीतै राखेको छ । घरेलु मैदान गुडिसन पार्कमा एभर्टन्ले नवांै  मिनेटमा अग्रता लिएको थियो । गिल्फी सिगुर्डसनको पासमा रिचार्लिसनले गोल गरेका थिए । सोही गोल एभर्टनको जीतमा निर्णायक बन्यो । मखिाइल किनको गोलले मान्यता नपाएपछि एभर्टन अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

साउथह्याम्पटनले खेलको अन्त्यतिर बराबरी गोल फर्काउने अवसर गुमाएको थियो । एभर्टन आगामी बुधबार वेस्टब्रोमलाई पराजित गरे लिभरपुल र चेल्सिलाई उछिन्दै चौथो स्थानमा उक्लनेछ । सोही दिन चेल्सि र लिभरपुल पनि आमने सामने हुनेछन् । सातौं स्थानमा रहेको एभर्टनको २५ खेलबाट ४३ अंक छ । साउथह्याम्पटन रेलिगेसन जोन भन्दा ६ स्थान माथि १४ औं स्थानमा छ ।

 

ताजा खबर