स्पेनिस लिग: रियाल मड्रिड र रियाल सोडिडाड बराबरीमा

२०७७ फाल्गुण १८ मंगलबार ११:३१:०० मा प्रकाशित

रियाल मड्रिडले स्पेनिस लिग ला लिगामा रियाल सोडिडाडसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराती घरेलु मैदानमा साविक विजेता रियाल सोसिडाडसँग एक एक गोलको बराबरीमा रोकिएको हो ।

 

पहिलो हाफमा सोसिडाडलाई दवावमा राखेपनि रियालले गोलको खाता खोल्न सकेन । मारियानो र रफायल भरानेको गोल गर्ने प्रयास सफल भएन । दोस्रो हाफमा सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो । ५५ औं मिनेटमा पोर्टुले गोल गरेपछि रियाल एक शून्यले पछि परेको थियो । ६१ औं मिनेटमा रियालका प्रशिक्षक जिनेदिन जिदानले अग्रपंक्तिका तीन खेलाडी परिवर्तन गरे । उनले इस्कोको स्थानमा जुनियर भिनिसियस, मार्को एसेन्सियोको स्थानमा रोद्रिगो र मारियानोको स्थानमा ह्युगो डोरोलाई मैदान प्रवेश गराएका थिए । 

भिनिसियसलाई मैदान प्रवेश गराउने जिदानको निर्णय सफल पनि भयो । उनले ८९ औं मिनेटमा गोल गरेपछि  रियाल हारबाट जोगियो । भिनिसियसले रियालबाट एक सयौं खेल पनि पुरा गरे । उनको यो सिजनको १२ औं गोल हो । बराबरीपछि रियालले बार्सीलोनालाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो । तेस्रो स्थानमा रहेको रियालको २५ खेलबाट ५३ अंक छ । बार्साको पनि समान अंक छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक छ । सोसिडाड ४२ अंक सहित पाँचौ स्थानमा छ ।  

ताजा खबर