महानगरको क्रिकेट टिम घोषणा, छ प्रदेशका चुनिएका खेलाडी समावेश

२०७७ फाल्गुण १७ सोमबार २०:२६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर कपका लागि आफ्नो टिमको घोषणा गरेको छ । प्रधानमन्त्री कपमा सहभागी भएका ६ प्रदेशका उत्कृष्ट खेलाडीले समेटेर काठमाडांैले टिम तयार गरेको हो ।

फागुन २२ गते बाट सुरु हुने काठमाडौं मेयर कपमा ५ टिमको सहभागिता रहनेछ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितका चार सेमीफाइनालिस्ट र काठमाडौं महानगरपालिकाको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब , नेपाल पुलिस क्लब र बागमती प्रदेश अन्तिम चारमा पुगेका थिए ।

प्रदेश एक, प्रदेश दुइ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका उत्कृष्ट १५ खेलाडी महानगरको टिममा छन् । जसमा लुम्बिनी प्रदेशका खेलाडीको बाहुल्यता छ । यो प्रदेशबाट सौरभ खनाल, कृष्ण कार्की, सन्दीप रजाली, विक्रम भुषाल र अनिल खरेल छन् । कर्णाली बाट रवीन्द्र जंग शाही, अनुज चनारा र विपिन रावल, सुदूरपश्चिमबाट खडक बहादुर बोहरा, नारायण जोशी, गण्डकीबाट अर्जुन कुमाल र विपिन खत्री, प्रदेश दुइबाट विवेक यादव  र हरिशंकर शाह तथा प्रदेश एकबाट सिद्धान्त लोहनी छन्  । 

मेयर कपको पहिलो संस्करण फागुन २२ देखि २९ गते सम्म संचालन हुनेछ । एकदिवसीय फरम्याटको खेल टियु मैदान र मुलपानीमा हुनेछ ।  

ताजा खबर