डोलेश्वरको पर्यटन विकासमा जोड

२०७४ असार ६ मंगलबार ११:३६:०० मा प्रकाशित

भक्तपुर, ६ असार । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले डोलेश्वर मन्दिरको विकास र संरक्षणका लागि सूर्यविनायक  नगरपालिका लागिपर्ने बताएका छन् । प्रमुख  थापाले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरकै विकासमा टेवा पुग्ने भएको बताए । उनले यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए ।

उनले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गरे । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै  उनले यस्तो बताएका हुन् । सूर्यबिनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सो मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको छ । 

समितिले नगर प्रमुख, उपप्रमुख, बडा अध्यक्षहरु तथा ८ नम्बरबाट निर्वाचित वडा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको सचिवका सचिव मोहन बल्लले जानकारी दिए ।  कार्यक्रम समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा खबर