इपिएलको चौथो संस्करण असोजमा

२०७७ फाल्गुण १७ सोमबार ११:१३:०० मा प्रकाशित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग इपिएलको चौथो संस्करण आगामी असोजमा हुने भएको छ । टि ट्वान्टी फ्रेन्चाइजी लिग इपिएल असोज नौ देखि २३ गतेसम्म काठमाण्डौमा हुनेछ । यसअघि गत वर्षको चैतमा हुने भनिएको इपिएल कोरोना भाइरसका कारण स्थगित भएको थियो । 

 आयोजकले नेपाल क्रिकेट संघको संयोजनमा प्रतियोगिताको मिति तय गरेको जानकारी दिएको छ । इपिएल, क्यान अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको निलम्बनमा रहेको समयमा सुरु भएको हो । त्यसवेला फ्रेन्चाइजी लिगहरुले आइसीसीको अनुमति लिने गरेका थिए । यसअघि इपिएलमा वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आउने निश्चित भएको थियो ।  

इपिएलमा ६ शहरका ६ फ्रेन्चाइजी टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा ललितपुर पेट्रियसटर्स, पोखरा राइनोज,काठमान्डौ किंस इलाभेन, भैरहवा ग्लाडियटर्स, विराटनगर वारियर्स र चितवन टाइगर्स छन् । 

 

ताजा खबर