चेल्सि र म्यानचेस्टरको खेल बराबरीमा

२०७७ फाल्गुण १७ सोमबार ११:०७:०० मा प्रकाशित

इङलिस प्रिमियर लिगमा चेल्सि र म्यानचेस्टर युनाइटेडबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ ।

चेल्सिको घरेलु मैदान स्टामफोर्ड व्रिजमा भएको खेलमा चेल्सिले पाहुना टोलीलाई दवावमा राखेको थियो । तर गोल गर्न भने सकेन । पहिलो हाफमा युनाइटेडले चेल्सिका क्यालम हडसन ओडोइको ह्यान्डवल भएको भन्दै पेनाल्टिको अपिल गरेको थियो । रेफ्रि स्टुआर्ट एटवेलले पिचसाइड मोनिटरसँगको छलफलपछि युनाइटेडको पेनाल्ट अपिल स्वीकार गरेनन् । थोमस टुखेलको नेतृत्वमा अपराजित रहेको चेल्सिले गोलका धेरै मौका सिर्जना गरेको थियो ।

तर युनाइटेडका गोल किपर डाविड डि हायाले सफल हुन दिएनन् । बराबरी पछि युनाइटेडलाई उपाधी यात्रामा धक्का लागेको छ । तालिकाको दोस्रो स्थानमा भएपनि शीर्ष स्थानको म्यानेचस्टर सिटी भन्दा १२ अंकले पछि छ । सिटीको २६ खेलबाट ६२ अंक छ भने दोस्रो स्थानको युनाइटेडको ५० अंक छ । चेल्सि ४४ अंक सहित पाँचौ स्थानमा छ ।

लिभरपुलले शेफिल्ड युनाइडेडलाइ दुइ शून्य गोलले पराजित गरेको छ । पहिलो हाफ गोल रहित बरबरी खेलेको लिभरपुलले दोस्रो हाफको सुरुमै अग्रता लियो । ४८ औं मिनेटमा कर्टिस जोन्सले खाता खोले । ६५ औं मिनेटमा किन ब्रायनले गोल गरेपछि लिभरपुल दुइ शून्यले विजयी भयो । किनको गोल लिभरपुलको शीर्ष डिभिजनमा भएको सात हजार गोल हो । लिभरपुल ४३ अंकका साथ छैटांै स्थानमा छ ।

ताजा खबर